दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा सुधार

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक (नेप्से) १९.११ अंकले घटेर १८७०.६५ बिन्दुमा झरेको हो ।

यसदिन ९५ करोड ४३ लाख २२ हजार ३७७ रुपैयाँको ३२ लाख ६ हजार ४५० कित्ता शेयर किनबेच भएको छ ।

आज १३ वटा उपसमूहको समूहगत सूचक ओरालो लगेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । विहीवार ७३ करोड ९६ लाख ५० हजार २४७ रुपैयाँको बराबरको करोबार भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here