अरुसँग तुलना गर्दा पर्छ बच्चामा मनोबैज्ञानिक असर

काठमाडौं । आफ्ना बच्चालाई अरुसँग तुलना गर्नु अभिभावकले गर्ने सबैभन्दा ठूलो गल्ती भएको हाइड एण्ड सीक किन्डरगार्टेनकी प्रधानाध्यापक तथा प्रारम्भिक बाल विकास विज्ञ कुमुद भट्टले बताएकी छिन् ।

चिल्डेन अम्ब्रेला किन्डरगार्टेनले आयोजना गरेको ‘अभिभावक कार्यशाला’मा उनले भनिन् ‘अरुसँग तुलना गरेर आफ्ना बच्चालाई त्यस्तै बन्न प्रेरित गछौं तर हरेक बच्चासँग फरक विशेषता हुन्छ भन्ने बिर्सिन्छौ,’ अरुसँग तुलना गर्न छाडेर उसलाई उसकै प्रतिषपर्धी बनाउन सिकौ ।’

प्रत्येक बच्चाको शारीरिक, मानसिक, सामाजिक क्षमता, कुनै पनि काम गर्ने क्षमता फरक हुन्छ । हरेक बच्चा फरक हुन्छन् एउटा बच्चा अर्को बच्चा जस्तो हुन सक्दैनन् । त्यस्तै आफ्ना इच्छा आकाक्षा उनीहरु माथि लाद्ने प्रवृतीले भयावह नतिजा निकाल्ने बताइन् ।

सो अवसरमा उनले कुनै पनि स्कुलबाट बच्चाले राम्रो नम्बर ल्याएको भन्दा पनि असल मान्छे बनोस भन्ने अपेक्षा राख्नुपर्ने बताइन् । प्रशिक्षक भट्टले पछिल्लो समय बुवा आमा कामकाजी भएका कारण बच्चालाई पर्याप्त समय दिन नसकेको बताइन् । साथै आफ्नो कामबाट अलिकति फुर्सद निकालेर बच्चालाई गुणस्तरीय समय दिन सुझाव दिइन् ।

भट्टका अनुसार बालबालिकाहरुले खेलिरहँदा पनि सिकिरहेका हुन्छ । विशेष बालबालिकाको ब्रेन ० देखि ६ वर्षको बीचमा विकास हुने गर्छ । यस्तो समयमा बालबालिकालाई सहि र संस्कारयुक्त शिक्षा दिन सकेमा उनीहरुको भविष्य उज्जल हुन्छ ।

कार्यशालामा अभिभावकले बच्चालाई कसरी रमाइलो तरिकाले गृहकार्य गर्न वा खाना खुवाउन प्ररित गर्नेबारे प्रस्ततुी गरिएको थियो । साथै घरमा पनि बच्चाहरुको मानसिक तथा शारिरिक विकाशका लागि गर्न सकिने क्रियाकलापहरुबारे जानकारी दिइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here