९ अंकले घट्यो नेप्से, ६२ करोड २ लाख रुपैयाँ कारोबार

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक ९दशमलव १८ अंकले घटेको छ । नेप्से १८ सय ५७ को विन्दुमा पुगेर रोकिएको हो ।

बुधबार आज दिनभर २ सय ६५ कम्पनीका २१ लाख ५५ हजार ५ सय ८६ कित्ता सेयर किनबेच हुँदा ६२ करोड २ लाख ६६ हजार रुपैयाँ कारोबार भएको हो ,

आज दिनभरको कारोबारमा १ सय ५६ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ । यता ५१ कम्पनीको सेयर मूल्य भने उकालो लागेको देखिन्छ ।

त्यस्तै बाँकी १२ कम्पनीको सेयरमूल्य भने स्थिर रहेको नेप्सेले जानकारी दिएको छ । आज सबैभन्दा बढी कारोबार शिवम सिमेन्टको ३ करोड ५ लाख रुपैयाँ भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here