सिम्रिक एयर दुर्घटना : घाइतेमध्ये एकजनाको मृत्यु

काठमाडौं । संखुवासभामा आज भएको सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा घाइतेमध्ये एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानिय भविन्द्र गुरुङ रहेको प्रहरीले जनाएको छ । उपचारका लागि काठमाडौं लैजाने क्रममा हेलिकोप्टरमै मृत्यु भएपछि पुनः संखुवासभामै हेलिकोप्टर अवतरण गरिएको हो।

गुरुङ अरुण जलविद्युत् आयोजनाका कर्मचारी रहेको प्रहरीले जनाएको छ ।

भोटखोला गाउँपालिका–४ चिप्रुङ्को दिलिङखामा हेलिकोप्टर दुर्घटनामा परेको हो। दुर्घटनामा जम्मा पाँचजना घाइते भएका थिए भने २ जना गम्भीर थिए।

हेलिकोप्टर आज अपर अरुण जलविद्युत् आयोजनाको सामग्री बोकेर निर्माणस्थल जाँदै थियो । हेलिकोप्टर दिउँसो १ बजेबाट एयर ट्राफिकसँग सम्पर्क टुटेको थियो ।

संखुवासभामा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here