२३ स्थानीय तह अझै बैंक बिहिन, ७ सय ३० तहमा वाणिज्य बैंक पुगे

काठमाडौं २, भदौं । मुलुकभरका ७ सय ५३ स्थानीय तहमध्ये २३ स्थानमा अझै वाणिज्य बैंक पुग्न सकेको छैन । सरकारले गत असारसम्म सबै वाणिज्य बैंकका शाखा पुर्याउने लक्ष्य लिए पनि जेठसम्म ७ सय ३० तहमा मात्र बैंक पुगेका हुन । बाँकी २० स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुग्न नसकेका हुन ।

बैंक पुग्न नसकेका स्थानहरु दुर्गम हुनुका साथै, ती स्थानमा शाखा सञ्चालनका लागि अत्यावश्यक पुर्वाधार नभएको बैंकले जनाएका छन् ।

ती स्थानमा आवश्यक पूर्वाधार विकास गर्नका लागि राष्ट्र बैंक, अर्थ मन्त्रालयलगायत निकायमा आग्रह गरिएको बैंकर्स संघले जनाएको छ । बाँकी स्थानमध्ये पनि धेरैमा शाखा स्थापनाका लागि काम भइरहेको बैंकहरुले दाबी गरेका छन् ।

गत जेठसम्म १ सय ७६ बैंक तथा वित्तीय संस्था सञ्चालनमा छन् । गत २०७५ असारमा यस्तो संख्या १ सय ५१ थियो ।

सात प्रदेशमध्ये पाँच नम्बरका सबै स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुगिसकेका छन् । प्रदेश ५ मा १ सय ९ स्थानीय तह छ । बाँकी ६ वटा प्रदेशका सबै स्थानमा बैंक पुग्न नसकेको राष्ट्र बैंकले जनाएको छ ।

गत असारमसान्तमा २८ वाणिज्य बैंक, ३२ विकास बैंक, २४ वित्त कम्पनी, ९१ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक संचालनमा छन् । बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०७५ असार मसान्तमा ६ हजार ६ सय ५१ रहेकोमा २०७६ जेठ मसान्तमा ८ हजार ५ सय ६४ रहेको राष्ट्र बैंकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here