शेयर बजारमा सुधार, नेप्से ७ अंकले बढ्दा ३९ करोडको कारोबार

काठमाडौं, २ साउन । बिगत लामो समयदेखि ओरालो लागेको शेयर बजारमा सोमवार सुधार देखिएको छ ।

सोमवार नेप्से परिसूचक ७.२३ अंकले बढेर १ हजार २ सय २२.०६ अंकमा पुगेको छ ।

कारोबारमा आएका मध्ये र्निजीवन बिमा समुह बाहेक अन्य सबै समुहको सूचक बढेको कारण सिङ्गो नेप्से परिसूचक नै बढेको हो ।

सोमवार सबैभन्दा धेरै लघुवित्त समुहको सूचक बढ्यो । लघुवित्तको सूचक १.४३ बढ्यो । त्यस्तै, विकास बैंकको ०.८५ प्रतिशत, जीवन बिमाको ०.७८ प्रतिशतले बढ्यो भने अन्य समुहको सामान्य अंकले बढ्यो ।

सोमवार १ सय ७५ कम्पनीको १४ लाख ७७ हजार ४ सय ३५ कित्ता शेयर किनबेच हुदाँ ३८ करोड ९६ लाख २५ हजार रुपैयाँ बरोबरको कारोबार भयो ।

सोमवार सबैभन्दा धेरै नदिप लघुवित्त वित्तीय संस्थाका शेयर धनीले कमाए । नदिपको शेयर मूल्य ७.५० अंकले बढ्यो ।

त्यस्तै, सर्पोट लघुवित्त वित्तीय संस्थाको ६.४७ प्रतिशत, ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्थाको ६.१६ प्रतिशतले बढ्यो भने अन्य कम्पनीको सामान्य अंकले बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा सानीमा इक्विटी फन्डका शेयर धनीहरु रहेका छन् । सानीमा इक्विटीको शेयर मूल्य ३.५७ प्रतिशतले घट्यो ।

त्यस्तै, जोशी हाइड्रोपावरको २.८९ प्रतिशत, यूनाइटेड इन्स्योरेन्स कम्पनीको २.५६ प्रतिशतले घट्यो भने अन्य कम्पनीको सामान्य अंकले घट्यो ।

सोमवार सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीमा सिद्धार्थ बैंक रहेको छ । बैंकले २ करोड ५८ लाख ३१ हजार रुपैयाँ बरोबरको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here