प्रभु बैंकले ल्यायो लक्जेम्बर्गबाट ऋण, विद्युतीय सवारीमा लगानी गर्ने

काठमाडौं । प्रभु बैंकले युरोपेली मुलुक लक्जेम्बर्गबाट ५० लाख डलर (करिब ६६ करोड रुपैयाँ) ऋण ल्याएको छ । बैंकले ‘लक्जेम्बर्गको ‘एमएसएमई इन्टरप्राइजेज बन्ड एस ए’ बाट उक्त ऋण पाएको हो ।

विश्व वातावरण दिवसका दिन हरित लगानी अन्तर्गत विद्युतीय सवारी साधनहरूमा लगानी गर्न उक्त ऋण पाएको हो । बैंकले सो ऋण ४ वर्ष अवधिका लागि पाएको हो ।

बैंकलाई प्राप्त उक्त रकम सार्वजनिक यातायात र व्यक्तिगत प्रयोजनका लागि प्रयोग हुने विद्युतीय सवारीसाधनहरू खरीद तथा आयातका लागि सहज रुपमा उपलब्ध गराइने बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले जानकारी दिए ।

उाले बैंकले वैकल्पिक उर्जा तथा एमएसएमई व्यवसाय प्रबर्द्धनका लागि अन्य अन्तर्राष्ट्रिय संस्थाहरूसँग पनि सहकार्यका लागि पहल गरिरहेको र निकट भविष्यमै उक्त पहलले सार्थकता पाउने पनि विश्वास लिएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here