ग्लोबल आइएमई बैंकले २० वटा एटीएम बेच्ने, कुन-कुन ठाउँको ?

काठमाडौं । ग्लाबेल आइएमई बैंकले २० वटा पुराना एटीएम मेसिन बिक्री गर्ने भएको छ । बैंकले विभिन्न शाखा र गोदाममा रहेका २० वटा एटीएम मेसिन बेच्न लागेको हो ।

बैंकले अत्तरिया, बागलुङ, घोराही, लुम्बिनी, नारायण्घाट, राजविराज, तीनकुने शाखामा रहेका र विभिन्न शाखाको स्टोरमा रहेको एटीएम बिक्री गर्न लागेको हो ।

बैंकले लिलामीमार्फत ती एटीएम मेसिन बेच्न लागेको हो । मंगलबार एक सूचना जारी गर्दै बैंकले एटीएम बिक्रीमा लागि बोलपत्र आह्वान गरेको छ ।

ती एटीएम किन्न इच्छुकहरूले आफूले लिन चाहेको एटीएम संख्या र मूल्य तोकी बैंकको सेवा विभाग, कमलादीमा बोलपत्र फारम बुझाउनुपर्नेछ ।

लिलाम बिक्री स्वीकृति गर्ने/नगर्ने सम्पूर्ण अधिकार आफूमा रहेको बैंकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here