रिलायन्स फाइनान्सको लाभांश घोषणा

काठमाडौं । रिलायन्स फाइनान्सले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

फाइनान्स संचालक समितिको जेठ २६ गते बसेको बैठकले सेयरधनीलाई ६.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३४ प्रतिशत गरी कुल ६.८४ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here