संसारलाई २० प्रतिशत अक्सिजन दिने जंगलमा दुई सातादेखि भिषण आगलागी

ब्राजिल, ७ भदौ । ब्राजिलको अमेजन, संसारको सबैभन्दा ठूलो जंगल क्षेत्र । भनिन्छ, यस जंगलबाट उत्पादन हुने अक्सिजन संसारभरको कूल जंगलबाट उत्पादन हुने अक्सिजनको २० प्रतिशत हुन आउँछ ।

तर, अहिले यो जंगल भिषण आगलानीको चपेटामा परेको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार आगलागी दुई सातादेखि नै नियन्त्रण बाहिर रहेको छ ।
यो जंगल ५५ लाख वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । जुन क्षेत्रफल नेपालको कूल क्षेत्रफल भन्दा पनि निकै बढी हो ।

अमेजनमा यति डरलाग्दो आगो फैलिएको छ कि यसले ब्राजिलका अमेजन, रोन्डानिया तथा साउपाआलोसम्मका शहरको आकास धुवाले भरिएका छन् ।

दिउँसै अध्यारो हुने अवस्था सिर्जना भएको छ । सामाजिक संजालमा प्रे फर अमेजन ट्रेन्ड शुरु भइसकेको छ । समाचारहरुमा उल्लेख भए अनुसार आगोले २७ सय किलोमिटर क्षेत्र प्रभावित भइसकेको छ ।

संसारभर तापक्रम वृद्धि र वनजंगल विनासले वातावरणीय असन्तुलन पैदा गरिरहेको समयमा यो घटना भएको हो ।

अमेजन जंगललाई संसारकै महत्वपूर्ण प्राकृतिक सम्पदाका रुपमा लिने गरिन्छ । यहाँ ५ सय भन्दा बढी आदिवासी समूदाय बसोबास गर्छन् । त्यसमा पनि लोपोन्मुख जातीको बाहुल्य यहाँ छ ।

सयौं प्रजातिका बन्यजन्तु, रुख विरुवा वनस्पतिको मूख्य स्थान अमेजन पानीको समेत मूख्य स्रोत हो ।

पानीको मुहानका दृष्टिकोणबाट ब्राजिल संसारकै धनी देश हो । त्यसपछि नेपाल दोस्रो स्थानमा पर्छ ।

एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here