नबिल बैंकले सार्वजनिक गर्‍यो नयाँ ब्याजदर

काठमाडौं । नबिल बैंकले साउन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा साउन १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

बैंकले साउन महिनाका लागि सार्वजनिक गरेको ब्याजदरअनुसार साधारण बचत खातामा न्यूनतम ५.९० प्रतिशतदेखि अधिकतम ७.९० प्रतिशत ब्याजदर तोकेको छ । साथै, बैंकको रेमिट्यान्स खातामा भने ८.९४० प्रतिशत ब्याजदर निर्धारण गर्नेछ ।

हाल बैंकले साधारण बचत खातामा न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ७.४० प्रतिशत र रेमिट्यान्स खातामा भने ८.४० प्रतिशत ब्याजदर प्रदान गरिरहेको छ ।

यस्तै, बैंकले मुद्दति निक्षेपमा पनि ब्याजदर बढाएको छ । बैंकले संस्थागत तर्फ ७.९९ प्रतिशतदेखि ८.४९ प्रतिशतसम्म ब्याजदर तोक्नेछ । यस्तै, ब्यक्तिगततर्फ ९.९९ प्रतिशतदेखि १०.४९ प्रतिशतसम्म ब्याजदर निर्धार गर्नेछ ।

बैंकले रेमिट्यान्स बचत खातामा ११.९९ प्रतिशत ब्याजदर तोक्नेछ । हाल बैंकले संस्थागत तर्फ ७.९९ प्रतिशत र ब्यक्तिगततर्फ ९.९९ प्रतिशतसम्म ब्याज दिइरहेको छ भने रेमिट्यान्स बचत खातामा १०.९९ प्रतिशत ब्याजदर प्रदान गरिरहेको छ ।

बैंकले कर्जाको ब्याजदरमा भने बेसरेटमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम तोक्नेछ । बैंकले आधार दरमा प्रिमियम जोडेर कर्जाको ब्याजदर कायम गरिने जनाएको छ । बैंकको आधार दर ९.६५ प्रतिशत र ब्याजदर अन्तर ५.१४ प्रतिशत रहेको छ । असारमा बैंकको आधार दर ९.८३ प्रतिशत छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here