ग्लोबल आइएमई बैंकको नयाँ ब्याजदर सार्वजनिक, कर्जामा कति ब्याज ?

काठमाडौं । ग्लोबल आइएमई बैंकले साउन १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।

बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा साधारण बचत खातामा न्यूनतम ५ प्रतिशतदेखि अधिकतम ७ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ । असारमा बैंकले साधारण बचतमा न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ७.४० प्रतिशतसम्म ब्याजदर तोकेको थियो । बैंकले बचत खातामा १० प्रतिशत ब्याजदर घटाएको हो ।

यस्तै, बैंकले मुद्दती निक्षेपको ब्याजदर भने यथावत नै राखेको छ । बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ७.९९ प्रतिशत र ब्यक्तिगततर्फ ९.९९ प्रतिशतसम्म ब्याजदर नै कायम राखेको हो । बैंककाअनुसार रेमिट्यान्स खातामा भने ११.९९ प्रतिशत ब्याजदर तोकेको छ ।

बैंकले कर्जाको ब्याजदर आधारदरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम तोकेर दिन सक्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here