‘खाणलाई निलम्बन गर्न मिल्दैन्, दोषी करार गर्नलाई कांग्रेस सर्वोच्च अदालत हो’

काठमाडौं । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख समेत रहेका केन्द्रीय सदस्य मीन विश्वकर्माले दोषी हो वा होइन भनेर छुट्याउने नेपाली कांग्रेस सर्वोच्च अदालत हो भन्दै प्रश्न गरेका छन् ।

शुक्रबारको केन्द्रीय समिति बैठकमा बोल्दै उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका बालकृष्ण खाणको बचाउमा बोलेका थिए ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएको अभियोग लागेका केन्द्रीय सदस्यसमेत रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाण कारागारमा छन्। उनलाई निलम्बन गर्न केही केन्द्रीय सदस्यले माग गरिरहेका छन्।

तर प्रचार विभाग प्रमुखसमेत रहेका विश्वकर्माले भने सर्वोच्च अदालतजस्तो गरी ठहर गर्दै अहिले नै निलम्बन गर्न नहुने बताइरहेका छन्।

भ्रष्टाचारका विषय उठ्ने गरेको भन्दै उनले कोही नेतालाई अभियोग लाग्दैमा दोषी करार गर्न नमिल्ने बताए।

‘कांग्रेस भनेको एउटा घर हो, परिवार हो। घरको सदस्यलाई लान्छना लाग्दा छिटो पक्राउ गर भन्दै गृहमन्त्रीकहाँ जाने?,’ उनले प्रश्न गरे, ‘परिवारको सदस्य अभियोगमा मुछिएमा वकिल राख्छौं कि थानामा लगेर बुझाउँछौं?’

‘हाम्रो परिवारका कुनै सदस्य सार्वजनिक अभियोगमा मुछियो भने हामी लुकाउँछौँ कि थपक्क लगेर थानामा बुझाउँछौँ ? मलाई यत्ति जवाफ चाहियो,’ उनले भने, ‘होइन भने, कांग्रेस एउटा घर हो, घरको एउटा सदस्यलाई आरोप लाग्यो अनि छिटो पक्रिनु भनेर डेलिगेसन जाने ?’

उनले कांग्रेस सर्वोच्च अदालत नभएको पनि बताए। ‘कांग्रेस सर्वोच्च अदालत हो? ठहर गर्नलाई?,’ उनले भने, ‘अहिले एक जनालाई अभियोग लागेको छ। वडासम्म लाग्दा कांग्रेसको अवस्था के हुन्छ?’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here