ओयोकाे लाइट एप सार्वजनिक, कनेक्टिभिटी र स्टाेरेजकाे समस्या समाधान हुने

काठमाडौं, ११ भदौ । दक्षिण एशियको सबैभन्दा ठुलो होटल चेन ओयो होटल्स एण्ड होम्सले नेपालमा ओयो लाइट एप सार्वजनिक गरेको छ ।

ओयोले आफ्नो कन्जुमर एपको लाइट संस्करण अनावरण गरेको हो । यो एप विश्वव्यापी रुपमा पनि उपलब्ध रहेको छ ।

नयाँ लाइट एपमा ओयो एपका सम्पूर्ण कार्यात्मकताहरु समावेश गरिएको र प्रयोगकर्ताको अनुभव बढाउन कम कनेक्टिभिटी भएको क्षेत्र र कम नेटवर्कमा काम गर्ने तरिकाले डिजाइन गरिएको कम्पनीले बताएको छ ।

८०० केबी भन्दा कम परिमाणको ओयो लाइट एपले कम स्पेश ओगट्नुका साथै प्रयोगकर्तालाई जस्तो सुकै कनेक्टिभिटीमा पनि अनुकूलतम प्रयोगकर्ता अन्तक्र्रिया समय तथा उत्कृष्ट अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ ।

यपसार्वजनिक गरेसँगै ओयोले यात्रुहरुप्रतिको गुणस्तरीय आवास प्रदान गर्ने प्रतिबद्धता बारम्बार दोहो¥याएको छ ।

ओयो होटल्स एण्ड होम्सका प्रमुख प्राविधिक अधिकृत, अनिल गोयलले लाइट एपले एक ट्यापमै यात्रुहरुलाई नेटवर्क र गुणस्तरीय आवासको उपलब्धताको बारेमा कुनै चिन्ता बिना अन्तिम घडिमा यात्राको योजनाहरु बनाउन सहयोग गर्ने बताए ।

बजेटदेखि लिएर मध्यम वर्ग खण्डका अधिकांश यात्रुहरुको मुख्य चिन्ता सुरक्षा, गुणस्तर, स्थान र मूल्य रहेको बेला ओयोले प्रविधिको संयोजनबाट र यी सब चिन्ता समाधान गरेर हरेक ठाउँमा एक उत्तम स्थान सृजना गर्न मद्दत पु¥याइरहेको जानकारी दिएको छ ।

प्रयोगकर्ताले झेलिरहेको मुख्य समस्या–कनेक्टिभिटी र फोनको स्पेस वा स्टोरेज अपर्याप्तलाई समाधान गर्ने तरिकाले ओयो लाइट डिजाइन गरिएको कम्पनीले बताएको छ । नेपालमा ओयो चेनमा ३३० भन्दा बढि फ्रेनचाइज्ड होटल तथा ५५०० भन्दा बढि कोठाहरु रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here