यी हुन स्वास्थ्य बीमा कार्यक्रमबाट हटाइएका २६ निजी अस्पताल

काठमाडौं । २६ वटा निजी स्वास्थ्य संस्थाबाट स्वास्थ्य बीमा सेवा हटाइएको छ । स्वास्थ्य बीमा बोर्डले शुक्रबार सूचना जारी गर्दै निजी अस्पताल र मेडिकल कलेजबाट बीमा कार्यक्रम हटाएको जनाएको हो ।

अघिल्लो आर्थिक वर्षको बजेट वक्तव्यपछि आफैँले सेवा बन्द गरेका र बजेटपछि सम्झौता अवधि समाप्त भइ नवीकरण नभएका अस्पतालहरूबाट बीमा सेवा हटाइएको बोर्डले जनाएको छ ।

बीमा सेवा हटाइएकामा बीएण्डसी टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर झापा, लाइफ लाइन अस्पताल झापा, नोबेल मेडिकल कलेज मोरङ, विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल मोरङ, चितवन मेडिकल कलेज, नेपालगञ्ज मेडिकल कलेज बाँके, फत्तेवाल आँखा अस्पताल बाँके, गेटा आँखा अस्पताल कैलाली, राप्ती आँखा अस्पताल दाङ छन् ।

त्यस्तै, शुभ स्वस्तिक हस्पिटल प्रालि महोत्तरी, लुम्बीनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल पाल्पा, युनाइटेड मिसन हस्पिटल पाल्पा, नेसनल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल पर्सा, लुम्बीनी आइ इन्स्टिीच्युट एण्ड रिसर्च सेन्टर रुपन्देहीबाट पनि बीमा सेवा हटाइएको छ ।

त्यसैगरी फूलकुमारी महतो मेमोरियल हस्पिटल सिराहा, सगरमाथा चौधरी आँखा अस्पताल सिरहा, सप्तर्षि हस्पिटल सिरहा, नेपालगञ्ज मेडिकल कलेज हस्पिटल बाँके, जानकी हेल्थ केयर एण्ड टिचिङ हस्पिटल धनुषा, जानकी मेडिकल कलेज धनुषा, घोडाघोडी हस्पिटल कैलाली, लाल रत्न हस्पिटल कैलाली, नवजीवन हस्पिटल कैलाली, आइ केयर सेन्टर खोटाङ,मनमोहन मेमोरियल समाुदायिक अस्पताल मकवानपुर र देवदह मेडिकल कलेज एण्ड रिसर्च सेन्टर रुपन्देहीलाई पनि बीमा सेवा प्रदान गर्ने संस्थाको सूचीबाट हटाइएको हो ।

अघिल्लो आर्थिक वर्षको बजेटमा सरकारी र सामुदायिक अस्पतालबाट मात्रै बीमा कार्यक्रम सञ्चालन गर्ने उल्लेख थियो । हाल बीमा कार्यक्रममा ७१ लाख ७५ हजार ५२७ नागरिक आवद्ध छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here