कार किन्ने विचारमा हुनुहुन्छ ? यी हुन् ३० लाख भन्दा कम मूल्यका कार

काठमाडौं, १३ भदौ । काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको नाडा अटो शो अवलोकन गर्ने मानिसहरुको भिड लाग्न थालेको छ ।

नाडा अटोमोबाइल्स डिलर्स एसोसियसनले विगत १४ वर्षदेखि हरेक वर्ष सञ्चालन गर्दै आएको अटो शोमा नेपाली सडकमा गुड्ने प्राय सबै कम्पनीका गाडी मोटरसाइकल कम्पनीले भाग लिएका छन् ।

नेपाली बजारमा धेरै चल्तीका हुन्डाइ, सुजुकी, टाटा, फोर्ड, टोयोटा, महिन्द्रा, किया, फक्सवागन, डाटसन, निसान, होन्डा, स्कोडा, रेनो जस्ता कम्पनीहरुका सस्तादेखि महंगासम्म गाडीहरु मेलामा राखिएका छन् ।

अटो शो मा राखिएका गाडीमध्ये कम मुल्यका कारहरुमा मध्यम वर्गका उपभोक्ताहरुको रुची रहेको व्यावसायीहरु बताउँछन् । मोटरसाइकलको यात्राबाट दिक्क भइ आफ्नो पहिलो गाडी किन्न लागेका उपभोक्ताहरुलाई सुहाउँदा यस्ता गाडीहरु कुन कुन छन् त ?

आज हामी तपाईंलाई शो मा राखिएका १५ लाख देखि ३० लाख मुल्यको बजेटमा आउने कारहरुको बारेमा जानकारी दिन गइरहेका छौं ।

१५ लाखदेखि ३० लाखसम्मका कार

—दाहे

विद्युतीय कम्पनी दाहेको विद्युतीय कारको सुरुवाती मुल्य १४ लाख ९० हजार रुपैयाँ रहेको छ । दाहे कै अर्को मोडलको कारको १८ लाख २५ हजार रुपैयाँ तोकिएको छ ।

—डाटसन

अटो शोमा सबैभन्दा सस्तो मुल्यको गाडी डाटसनको रेडी गो रहेको छ । यो गाडीको सुरुवाती मुल्य १८ लाख ७९ हजार रहेको छ ।

चारवटा भेरियन्टमा रहेको रेडी गोका अन्य भेरियन्टको मुल्य भने क्रमशः १९ लाख ६९ हजार, २० लाख ४९ हजार र २१ लाख ९ हजार रहेको छ ।

अटो शोमा सस्तो मुल्यका धेरै मोडलका गाडीहरु डाटसन कम्पनीका रहेका छन् । डाटसनका सबै कारहरु ३० लाख भन्दा कम मूल्यका छन् ।

डाटसनको ‘न्यु रेडी गो’ अन्तर्रगत दुई भेरियन्टका कार रहेका छन् । जसको मूल्य क्रमश १९ लाख ९९ हजार र २१ लाख ९९ हजार रहेको छ ।

त्यस्तै डाटसन ‘न्यु गो’ अन्तर्रगत तीन भेरियन्टका कार उपलब्ध छन् । जसको मूल्य क्रमशः २५ लाख ९९ हजार, २६ लाख ९९ हजार र २७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

‘डाटसन गो’ को पनि दुई भेरियन्ट रहेका छन् । जसको मूल्य क्रमश २३ लाख ४९ हजार र २४ लाख २९ हजार रहेको छ ।

‘डाटसन गो प्लस’ को एउटा कार रहेको छ । जसको मूल्य २७ लाख ४९ हजार हरेको छ ।

— निसान

डाटसनकै मातृ कम्पनी निसानको ‘माइक्रा एक्टीभ’ अन्तर्रगत तीन भेरियन्टका कार ३० लाख भन्दा कम मूल्यका छन् । जसको मूल्य क्रमशः २७ लाख ४९ हजार, २८ लाख ८४ हजार र २९ लाख ४० हजार रहेको छ ।

—सुजुकी

डाटसन पछि सबैभन्दा धेरै सुजुकी गाडीका अल्टो, वागन, सेलेरियो, स्विफ्ट, इग्निस गरी ५ मोडलका गाडी ३० लाख भन्दा कम मुल्यका रहेका छन् ।

सुजुकीको अल्टो ८०० को १७ लाख ८९ हजार, अल्टो के १० को २२ लाख ८९ हजार, वागन आरको २४ लाख ९९ हजार मुल्य रहेको छ ।

त्यस्तै सुजुकी कै सेलेरियोको २४ लाख ९९ हजार, सेलेरियो एक्सको २८ लाख ६४ हजार, इग्निसको २६ लाख ९९ हजार, स्विफ्टको २९ लाख ४९ मुल्य राखिएको छ ।

—टाटा

टाटा कम्पनीको पनि ३० लाख भन्दा कम मुल्यका तीनथरी मोडलका विभिन्न कारहरु उपलब्ध रहेका छन् ।

टाटाको टियागो एक्सइ को मुल्य २१ लख ५५ हजार, टियागो एक्सएमको २८ लाख ५५, एक्सएमओको पनि २८ लाख ५५ हजार, टियागो आरटी एक्सइको मुल्य २७ लाख ९९ हजार, आरटी एक्सएमओको मुल्य २९ लाख ९९ हजार र आरटीएक्सटीको पनि २९ लाख ९९ हजार रहेको छ ।

— फोर्ड

फोर्ड कम्पनीको पनि सस्तो मोडलको फिगो कार अटो शो मा उपलब्ध छ । ‘फिगो १.२ एल’ र ‘फिगो १.५ एल’ को मूल्य क्रमश २४ लाख ९९ हजार र २९ लाख हजार रुपैयाँ रहेको छ ।

—हुन्डाइ

हुन्डाइ कम्पनीको पनि सेन्ट्रो, ग्राण्ड आइटेन गरी दुई मोडलका कार ३० लाख भन्दा कम मुल्यको रहेका छन् । स्यान्ट्रोको चार भेरियन्ट बजारमा उपलब्ध छन् ।

ती मध्ये सेन्ट्रो एराको मुल्य २२ लाख ९६ हजार, म्याग्नाको २५ लाख ९६ हजार, म्याग्ना एएमटीको २८ लाख ९६ र स्पोर्ट्जको २७ लाख ५६ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै ग्रान्ड आइटेन म्याग्नाको २९ लाख ५६ हजार रहेको छ ।

— फक्सवागन

फक्सवागनको पोलो ट्रेन्डलाइन १० कारको मुल्य २७ लाख ९५ हजार रुपैयाँ रहेको छ ।

— होन्डा

अर्को कार निर्माता होन्डा कम्पनीको ‘होन्डा १.२ एसएमटी’ कारको मूल्य २९ लाख २५ हजार रहेको छ ।

—रेनो

रेनो गाडीको क्विड मोडलका ६ वटा भेरियन्ट ३० लाख भन्दा कम मुल्यका रहेका छन् । क्विडका विभिन्न भेरियन्टको मुल्य २२ लाख २४ हजारबाट सुरु भइ २४ लाख ९० हजार रुपैयाँ सम्मका रहेका छन् ।

— महिन्द्रा

महिन्द्राको केयुभी १०० एनएक्सटी के ४ प्लसको मुल्य २७ लाख ७५ हजार रुपैयाँ रहेको छ भने केयुभी १०० एनएक्सटी के ६ को मुल्य २९ लाख ६५ हजार रुपैयाँ रहेको छ ।