डाक्टरको लापरबाहीले मृत्यु भएको भन्दै आफन्तको प्रदर्शन

काठमाडौं । धनगढीको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसालिटी हस्पिटलमा बिरामीको मृत्यु भएको विषयलाई लिएर आफन्तले विरोध प्रदर्शन गरेका छन् ।

पत्थरीका बिरामी कञ्चनपुरको बेलौरीका ऐजनलाल चौधरीको मृत्यु भएको विषयलाई लिएर अस्पताल प्रशासन र मृतकका आफन्तबीच भएको वार्ता विना निष्कर्ष टुंगिएपछि पीडित परिवार विरोधमा उत्रिएको हो।

लापरवाही गर्ने डाक्टरलाई कारवाही गर्नुपर्ने र मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने उनीहरुको माग छ ।उपचारको क्रममा डाक्टरले उनको बायाँ किड्नी झिकेपछि अत्यधिक रक्तश्रावले मृत्यु भएको अस्पतालले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here