काठमाडौं, १५ भदौ । कतारको दोहाबाट आइतबार विहान काठमाडौ आएको कतार एयरको जहाजमा चराको प्वाख भेटिएपछि जहाज ग्राउन्डेड भएको छ ।
आइतबार बिहान त्रिभुवन विमानस्थलमा ९ बजे अवतरण भएको जहाजको दाहिने इन्जिनमा चराको प्वाख भेटीएको हो ।
जहाजमा चराको प्वाँख देखिएपछि उडानको समयमा चरा ठोक्किएको होकी भन्ने आशंका गरिएको छ ।
विमानस्थल स्रोतका अनुसार चराको प्वाख देखिएपछि पाइलटले जोखिम मोलेर जहाज उडाउन चाहेनन् ।
जहाज ग्राउन्डेड भएपछि एयरलाइन्सले कतारबाटै इन्जिनियर पठाउने बताएको छ । इन्जिनियरको टोली आइपुगेर जाँचबुझ गरेपछि मात्रै जहाज कतार फर्कने छ ।