सम्सारा रेमिट र नेशनल एक्सचेन्ज बीच सम्झौता

क्लाउडपत्रिका
काठामाडौं ६, फागुन । सम्सारा रेमिट प्रालिले कतारस्थित रेमिट्यान्स सेवा प्रदायक कम्पनी नेशनल एक्सचेञ्जसँग सहकार्यको सम्झौता गरेको छ । खाडीमुलुकमा आफ्नो सेवा विस्तार गर्ने उद्देश्यले सो कम्पनीसँग सम्झौता भएको जनाइएको छ ।

सम्झौताअनुसार कतारमा रहेका नेपालीले आफुले कमाएको रकम नेशनल एक्सचेन्जको पाँच वटा शाखाबाट सजिलै नेपालमा पैसा पठाउन सक्नेछ । सो रकम सम्सारा रेमिटको नेपालै भरी रहेको ५६०० भन्दा बढी सब एजेन्टहरु मार्फत नगद भुक्तानी लिन सक्नेछन र रकम बुझिलिने व्यक्तिको नेपालमा कुनै पनि बैक तथा वित्तिय संस्थामा रहेको खातामा रकम जम्मा गराइदिने समेत व्यवस्था गर्नेछ ।

सम्सरा रेमिट २०६३ सालमा स्थापना भइ विश्वका सबैजसो देशबाट रेमिट्यान्स भित्र्याउदै आएको छ । कम्पनीले एक्सप्रेस मनी, मनीग्राम, वल्र्ड रेमिट, इन्स्ट्यान्ट क्यास र ट्रान्सफास्ट जस्ता विश्व प्रशिद्ध कम्पनीसँग सहकार्य गसिकेको विज्ञप्तिमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here