मेस्सीबिना अर्जेन्टिनाको सहज जित

एजेन्सी । विश्वकपको दक्षिण अमेरिकी महादेशको छनोटमा अर्जेन्टिनाले बुधवार बिहान बोलिभियालाई ३-० गोलले हराएको छ।

स्टार फवार्ड लियोनल मेस्सी बिना मैदान उत्रेको अर्जेन्टिनाले १० खेलाडीमा समेटिएको बोलिभियालाई उसैको मैदान लापाजमा ३–० ले पराजित गरेको हो ।

अर्जेन्टिनाका इन्जो फर्नान्डेज, निकोलास टाग्लियाफिको र निकोलास गोन्जालेजले गोल गरे । एन्जेल डे मारियाले दुई गोलमा असिस्ट गरेका थिए।

यो खेलमा नियमित कप्तान लियोनल मेस्सीलाई आराम दिइएको थियो। गत साता भएको विश्वकप छनोटकै खेलमा अर्जेन्टिनाले १-० गोलको जित हात पार्दा मेस्सीले निर्णायक गोल गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here