एटीएम लुट्ने चिनियाँ ह्याकरलाई सघाउने तीन नेपाली पक्राउ

काठमाडौं। एटिएमको सिस्टम ह्याक गरेर पैसा लुट्ने चिनियाँ आपराधिक समूहलाई पैसा साट्न सघाउने तीनजना नेपाली नागरिक पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनीहरुलाई ठमेलबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा ठमेलमा मनि एक्सचेन्ज सञ्चालन गर्नेहरु रहेका छन् ।

प्रहरीका अनुसार डेस्को मनि एक्सचेन्जका देवनाथ लामिछाने सहित नेपालय मनि एक्सचेन्जका रोशन प्रधान श्रेष्ठ र रेवती दवाडी पक्राउ परेका हुन् ।

उनीहरुले एटीएम ह्याक गरी लुटेको पैसा ती दुई मनिएक्सचेन्जमा पुगेर साटेको भेटिएपछि अनुसन्धानको लागि उनीहरुलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसरका डिएसपि होविन्द्र बोगटीले बताए ।

प्रहरीका अनुसार उनीहरुले २९ लाख ९९ हजार नेपाली रुपैयाँ डलरमा साटिदिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here