कृषि विकास बैंकले ऋणको ब्याज घटायो

क्लाउडपत्रिका
काठमाडौं ६, फागुन । कृषि विकास बैकले पुरानो कर्जाको ब्याजदर एक प्रतिशतले घटाएको छ । माघ २८ मा बसेको बैंक सञ्चालक समितिको निर्णय बजोजिम उक्त ब्याज घटाइएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बैंकका अनुसार नयाँ व्यवस्था फागुन १ गते देखि लागु भएको छ । ‘बैकिङ बजारमा कर्जाको व्याजदर उच्च रहेको जनगुनासो आईरहेको अवस्थामा ग्राहकको चाहना र सन्तुष्टिलाई मध्येनजर गरी साविक कर्जाको व्याजदरमा १ प्रतिशतले घटाएको छ,’ बैंकको विज्ञप्तिमा उल्लेख छ, ‘निक्षेपमा पनि साविकको व्याजदरमा १.५ प्रतिशत थप हुने गरी बृद्धि गर्ने निर्णग भएको छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here