कतै तपाईंलाई पनि डिप्रेसन त छैन ? यस्ता संकेत देखिएमा ख्याल गर्नुस्

काठमाडौं, १७ भदौ । डिप्रेशनका बाट ग्रसित भएका मानिस मानसिक रुपमा धेरै कमजोर हुन्छन् ।

कतिपय अवस्थामा एकपटक यसबाट बाहिर आएपछि पनि मानिस दोस्रोपटक डिप्रेशनको शिकार हुने गरेको पाइएको छ, जसलाई केही संकेतको मद्धतले पहिचान गर्न सकिन्छ ।

डिप्रेशन एक मानसिक रोग हो जसले मानिसलाई निराशावादी बनाउँछ । डिप्रेशनले मानिसको दिमाग र शरीरलाई नियन्त्रण गर्छ । एकपटक डिप्रेशनमा गसकेपछि मानिसलाई त्यसबाट बाहिर आउन त्यति सजिलो हुँदैन । यदि तपाईं सहि औषधि र थेरापी गर्नुहुन्छ भने डिप्रेशनबाट बाहिर आउन सक्नुहुन्छ ।

धेरै मानिसहरु एकपटक डिप्रेशनबाट ग्रसित भएपछि उनीहरु दोस्रोपटक पनि यसबाट ग्रसित भएको पाइन्छ । यो परिस्थिती डिप्रेशनबाट ग्रसित व्यक्तिको लागि धेरै मुश्किल हुन्छ ।

दोस्रोपटक डिप्रेशनबाट ग्रसित भएमा मानिसको जीवनमा विभिन्न समस्याहरु आउँछन् । डिप्रेशनबाट दोस्रो चोटी ग्रसित हुन लागेको केही संकेतहरुबाट थाहा हुन्छ र त्यसलाई ध्यान दिएमा बेलैमा समस्याबाट मुक्ति पाउन सकिन्छ ।

निम्म संकेतको बारेमा थाहा पाइराखौं जसबाट तपाईं दोस्रोपटक डिप्रेशनबाट ग्रसित भइराख्नुभएको थाहा हुन सक्छः

एक्लै बस्नु

दोस्रोपटक डिप्रेशनबाट ग्रसित भएमा यसले सबैभन्दा पहिले तपाईंको निजी जीवनलाई प्रभावित बनाउँछ । जब व्यक्ति दोस्रोपटक डिप्रेशनको शिकार हुन्छ त्यतिखेर उसलाई अरु मानिससँग कुरा गर्न गाह्रो हुन्छ । उनीहरु एक्लै बस्न रुचाउँछन् ।

निदाउने तरीकामा परिवर्तन

डिप्रेशनले मानिसको निन्द्रालाई पनि प्रभावित गर्छ । यस क्रममा या त तपाईंलाई बिल्कुलै निन्द्रा आउँदैन या त धेरै निन्द्रा लाग्ने, दिउँसो पनि निन्द्रा आउने हुन्छ । यी दुवै परिस्थितीले मानिसको उर्जा र शक्ति कम हुन थाल्छ ।

चिडचिडाहट

डिप्रेशनबाट ग्रसित भएमा त्यसको संकेतहरुमा ध्यान राख्नु धेरै जरुरी छ । फेरि अर्कोपटक डिप्रेशनबाट ग्रसित भएमा तपाईंलाई चिडचिडाहट हुने, आफ्नो वरिपरिको हरेक चीजबाट झर्को लाग्ने हुन थाल्छ ।

आत्मविश्वास कम हुनु

डिप्रेशनबाट ग्रसित भएमा सबैभन्दा छिटो देखिने लक्षण आत्मविश्वासको कमी हुनु हो । डिप्रेशनको कारणले मानिस आँफैलाई बेकार सम्झिन थाल्छन् । साथै उनीहरुको मानसिक स्वास्थ्य पनि प्रभावित हुन्छ ।

भोक र भोजनमा परिवर्तन

दोस्रोपटक डिप्रेशनबाट ग्रसित हुँदा यसलाई भोकको माध्यमबाट पनि पहिचान गर्न सकिन्छ । जसको परिमाणस्वरुप अचानक तपाईंको तौल कम हुन थाल्छ वा बढ्न थाल्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here