अमेरिकाको गोलाबारीमा मृत्यु हुनेको संख्या २२ पुग्यो

एजेन्सी। अमेरिकाको लेविस्टन सहरमा भएको अन्धाधुन्ध गोलाबारीमा मृत्यु हुनेको संख्या २२ पुगेको छ।

स्थानीय समयअनुसार साँझ सात बजेबाट भएको गोलाबारीमा सुरुमा १६ जनाको मृत्यु भएको बताइएको थियो। घाइतेमध्ये थप ६ जनाको पनि मृत्यु भएको छ। यस्तै उक्त गोलाबारीमा ६० जनाभन्दा बढी घाइते भएका छन्।

कम्तीमा तीन ठाउँमा गोलाबारी भएको बताइएको छ । सबैभन्दा पहिले बालबालिकाको कार्यक्रम आयोजना भइरहेको एक बलिङ एलीमा गोली प्रहार गरिएको रिपोर्ट प्रहरी कहाँ पुगेको थियो।

त्यसको लगत्तै एउटा बार एन्ड ग्रिलमा गोली चलेको खबर आएको थियो। त्यस्तै वालमार्ट डिस्ट्रब्युसन सेन्टरमा ८ बजेपछि गोली चलेको खबर आएको थियो। त्यसपछि ९ बजे गोलाबारीको अर्को घटना रिपोर्ट गरिएको थियो।

सिटी काउन्सिलर रोबर्ट म्याकार्थीले मृत्यु हुनेको सङ्ख्या १६ बाट बढेर २२ पुगेको जानकारी दिए। प्रहरी अधिकारीहरूले मानिसहरूलाई घरभित्र बस्न र ढोका लगाउन आग्रह गरेका छन्। लेविस्टनमा करिब ३९ हजार मानिसको बसोबास रहेको छ।

लेविस्टन प्रहरीले आफ्नो फेसबुक पेजमा सन्दिग्धको तस्बिर सार्वजनिक गरेको छ। उनको नाम रोबर्ट कार्ड भएको बताइएको छ। उनले अमेरिकी सेनाको रिजर्भ ट्रेनिङ सेन्टरमा हतियारको प्रशिक्षण लिएको र उनमा मानसिक समस्या रहेको प्रहरीले बताएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here