विश्वकप जित्न अष्ट्रेलियालाई २४१ रनको लक्ष्य

काठमाडौं । विश्वकप क्रिकेट उपाधिको लागि आयोजक राष्ट्र भारतले अष्ट्रेलियालाई २४१ रनको लक्ष्य दिएको छ । गुजारतको नरेन्द्र मोदी स्टेडियममा टस जितेर अष्ट्रेलियाले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ थालेको भारतले पूरै ५० ओभरमा पूरै विकेट गुमाउँदै २४० रन बनाएको हो।

भारतका लागि विराट कोहली र केएल राहुलले अर्धसतक पूरा गर्दा कप्तान रोहित शर्मा ४७ रनमा आउट भए। रोहितले ३१ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। विराटले ६३ बलमा चार चौकाको मद्दतमा ५४ रन जोडे। जारी विश्वकपमा उनको यो छैटौं अर्धसतक हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here