विश्वकप फाइनलमा भारतविरूद्ध हेडको शतक

काठमाडौं । एक दिवसीय विश्वकप क्रिकेटमा अस्ट्रेलियाका ब्याटर ट्राभिस हेडले शतक पूरा गरेका छन्। सुरुमै धरमराएको इनिङ सम्हाल्दै ट्राभिसले ९५ बलमा १०० रन जोडेका हुन्।

यसक्रममा उनले १४ चौका र एक छक्का प्रहार गरे । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा हेडको यो पाँचौँ शतक हो । उनले मार्नस लबुसेनसँग १४४ रनको साझेदारी गरिसकेका छन्। यो साझेदारी नै भारतका लागि महंगो पर्ने देखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here