इजरायलस्थित नेपाली दूतावासले भन्यो-‘विपिन जोशी हमासको नियन्त्रणमा, अवस्था अज्ञात’

काठमाडौं । प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा पछिल्लो पटक गरेको आक्रमणपछि वेपत्ता भएका कञ्चनपुरका विपिन जोशी गाजामा फेला परेको सूचना प्राप्त भएको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ ।

उनको अवस्थाबारे भने अहिलेसम्म पनि यकिन गर्न नसकिएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘जोशीको पछिल्लो अवस्थाबारे यकिन गर्न नसकिएको, निज हालसम्म पनि सम्पर्कविहीन नै रहेको र जोखी कार्य जारी रहेको ब्यहोरा सबैलाई जानकारी गराइन्छ ।’

गत असोज २० गते इजरायली भूमिबाट उनी हमास समूहको कब्जामा रहेका अनुमान गरिएको थियो ।

नेपाल सरकारले विपिनको अवस्था पत्ता लगाउन र उनलाई सकुशल फिर्ता ल्याउन कूटनीतिक पहल जारी राखेको थियो । साथै अधिकारवादी अन्तर्राष्ट्रिय संस्थाहरुलाई पनि आग्रह गरेको थियो ।

सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान संकायमा अध्ययनरत विपिन सहितका ४९ विद्यार्थीहरु ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत गत भदौ २७ गते इजरायल गएका थिए । गत असोज २० गते किबुजस्थित कृषि फार्ममा हमासले गरेको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का जोशी सम्पर्कविहीन भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here