पब्जी विश्वकपबाट बाहिरियो नेपाली टिम डीआरएस गेमिङ

काठमाडौं । नेपाली टिम डीआरएस गेमिङ पब्जी विश्वकप अर्थात् ‘पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी) २०२३’ बाट बाहिरिएको छ ।

अङ्क तालिकामा शीर्ष ११ भित्र पर्न नसक्दा टिम ग्रुप स्टेजबाट नै बाहिरिएको हो । डीआरएसले आफ्नो सबै खेल खेलिसक्दा ९४ पोइन्टमात्र बटुलेको छ, जसमा ७० एलिमिनेसन पोइन्ट समावेश छ ।

ग्रुप स्टेजभर एक चिकेन डिनर पनि गर्न नसकेको डीआरएस १६ टिममध्ये १५औं स्थानमा रहेको छ । सर्भाइबल स्टेजमा गुप एल्लोका आठ, ग्रुप रेडका आठ र ग्रुप ग्रीनका आठ गरी कुल २४ टिमले प्रतिस्पर्धा गर्नेछन् र अङ्क तालिकामा शीर्ष १६ भित्र पर्ने टिमले पुन: लास्ट चान्स स्टेजमा एकअर्का विरुद्ध खेल्नेछन् ।

लास्ट चान्सबाट शीर्ष पाँच टिमले मात्र फाइनलमा स्थान बनाउने छन् । अन्तिम चरण अर्थात् फाइनलको खेल ८ डिसेम्बरदेखि १० डिसेम्बरसम्म चल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here