नेपाली र थाइल्याण्डका नागरिकलाई हमासले बन्धक बनाएको भिडियो सार्वजनिक

एजेन्सी । इजरायली डिफेन्स आर्मीले प्यालेस्टिनी लडाकु समूह हमासले नेपालीलाई बन्धक बनाएको भिडियो सार्वजनिक गरेको छ । उक्त भिडियो र तस्बिरमा एक नेपाली र एक थाइल्याण्डका नागरिकलाई सारिएको देखिएको सीएनएनले जनाएको छ ।

सीसीटीभी भिडियोहरू सार्वजनिक हुनुअघि गत शनिबार जारी गरिएको विज्ञप्तिमा हमासले इजरेली हवाई आक्रमणमा घाइते भएका कयौँ बन्धकहरूलाई उपचारका लागि अस्पतालमा ल्याइएको बताएको छ ।

भिडियोमा एक जना घाइतेलाई अस्पतालको स्ट्रेचरमा सुताएर गुडाइरहेको र आकासे निलो रंगको टिसर्ट लगाएका अर्का एक जनालाई घचेट्दै हिँडाएको देखिन्छ । तर उनीहरुको अनुहार भने देखिँदैन । उक्त भिडयोमा हतियार बोकेका व्यक्तिहरु पनि देखिन्छन् ।

गत अक्टोबर ७ तारिखका दिन हमासले इजरायलमा आक्रमण गर्दा कञ्चनपुरको भीमदत्त नगरपालिका– ३ नेपाली विद्यार्थी विपिन जोशी वेपत्ता भएका थिए । इजरायलले विपिन हमासको नियन्त्रणमा रहेको बताउँदै आएको थियो ।

आईडीएफका प्रवक्ता रियर एडम ड्यानियल हगारीले दुई छोटा सीसीटीभी भिडियोसँगै तस्बिरहरुसमेत सार्वजनिक गरेका हुन् । सीसीटीभी भिडियोमध्ये एउटामा बन्धकलाई अस्पतालको मुख्य प्रवेशद्वारबाट बल प्रयोग गरी भवनमा ल्याइएको देखाइएको छ ।

दोस्रो सीसीटीभी भिडियोले अर्को बन्धकलाई हातमा रगत बगिरहेको अवस्थामा पट्टी बाँधेर जबरजस्ती कोठामा धकेलिएको देखाइएको बताए ।

उनले अस्पतालमा गरिएको अपरेशन बन्धकहरु पत्ता लगाउनका लागि भएकोसमेत स्पष्ट पारेका छन् । यद्यपि गाजामा अझै नेपाली र थाई बन्धकहरूलाई फेला पार्न सकिएको छैन ।

आइडीएफले एक्समार्फत ती दुईमध्ये एक नेपाली र एक थाई नागरिक रहेको बताएको छ। उसले ती व्यक्तिहरू को हुन् र अहिले कहाँ छन् भन्ने नखुलेको जानकारी दिएको छ।


आइडीएफले भनेको छ, ‘यो नरसंहारका दिन ७ अक्टोबर २०२३ को बिहान १०ः४२ बजेदेखि ११ः०१ बजको बीचमा शिफा अस्पतालको दस्तावेज हो, जसमा बन्धकहरू, एक नेपाली र एक थाई नागरिकलाई इजरायली क्षेत्रबाट अपहरण गरेर लगिएको थियो । हमासका सशस्त्र ‘आतंकवादी’ले घेरा हालेका थिए । एकजना बन्धक घाइते छन् र उनलाई अस्पतालको बेडतर्फ लगिँदै छ र अर्का हिँडिरहेका छन् ।’

। तर हाल उनीहरू कहाँ र कस्तो अवस्थामा छन् भन्ने कुराको जानकारी भने दिइएको छैन । तेल अभिवस्थित नेपाली दूतावासले पनि विपिन हमासको नियन्त्रणमा रहेको जानकारी आएपनि अवस्था अझै अज्ञात रहेको बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here