‘देश बचाउन शान्तिपूर्ण आन्दोलनको आवश्यकता’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश अहिले संकटको अवस्थामा रहेको बताएका बताएका छन्।

पार्टीको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै देशको सार्वभौम सत्ता, स्वाधीनतामाथि प्रहार हुँदा गठबन्धन मौन रहेकाले देश बचाउन शान्तिपूर्ण आन्दोलनको आवश्यकता रहेको बताए ।

ओलीले भने, ‘अभियानपछि आन्दोलनकारी ढंगले अगाडि बढ्नुपर्ने आवश्यकता देखिरहेको छु ।’ आन्दोलनका केही सर्त रहेको भन्दै ओलीले भने, ‘हामी हिंसाको बाटो हिँड्दैनौं । शान्तिको बाटोबाट, जनपरिचालनको बाटोबाट हिँड्छौं । जनताको बल प्रयोग गर्ने भनेका छौं, हिंसाको बाटोबाट होइन ।’