ऐतिहासिक धार्मिकस्थल इच्छाकामना माईको मन्दिर, कसरी पुग्ने ? (फोटोफिचर)

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित ऐतिहासिक धार्मिकस्थल इच्छाकामना माता माईको मन्दिरको पुनःनिर्माण सम्पन्न भएको छ ।

बागमती प्रदेश, इच्छाकामना गाउँपालिका, स्थानीयको श्रमदान र चन्दादाताको सहयोगमा रु दुई करोड ४२ लाखको लागतमा मन्दिर पुनःनिर्माण सम्पन्न भएको हो ।

समुद्री सतहदेखि एक हजार आठ सय मिटरको उचाइमा रहेको मन्दिर बाट माछापुच्छ्रे हिमाल देख्न सकिन्छ । यो समयमा बाटोभरी सुन्तला बगैँचाको अवलोकन गर्दै मन्दिरसम्म यात्रा गर्न सकिन्छ।

साथै तपाँई फागुन चैतमा पुग्नुभयो भने बाटो तथा मन्दिर परिसरमै ढकमक्क फुलेका लालीगुराँसले पर्यटकलाई स्वागत गरिरहेको आभास गराउँछ ।

इच्छाकामनाको फिस्लिङ तथा , मुग्लिन, कालिकाको शक्तिखोर, धादिङको बेनीघाट रोराङको हुग्दीखोला हुँदै इच्छाकामना मन्दिर सवारी साधनमार्फत पुग्न सकिन्छ।

इच्छाकामनालाई गोरखाको मनकामनाको बहिनी पनि भन्ने गरिन्छ । यस मन्दिरमा पूजाआजा गरे इच्छाएको पूरा हुने धार्मिक विश्वास छ।

मनकामना माईको सात दिदीबहिनीमध्ये एक बहिनी इच्छाकामना रहेको धार्मिक विश्वास रहेको छ ।

मंसिरको ठूलो एकादशीपछि पञ्चमी तिथिमा इच्छाकामनामा ठूलो मेला लाग्ने गरेको छ । अन्य समयमा पनि मन्दिरमा भक्तजन तथा पर्यटकहरुको बाक्लै उपस्थिती रहने गरेको स्थानीयले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here