सोमबारदेखि एउटा बैंकको एटीएम अर्कोमा पनि चल्ने, नेप्स र राष्ट्र बैंकबीच छलफल जारी

काठमाडौं २७, भदौं । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिष्टम (नेप्स) अन्तरगत सञ्चालित बैंकका एटीएम सोमबार देखि पूर्ण रुपमा सञ्चालनमा आउने भएका छन् ।
दुई साता अघि नक्कली कार्डमार्फत ती बैंकका एटीएमबाट पैसा चोरी भएपछि सुरक्षाको कारण देखाउदै एउटा बैंकको एटीएम अर्को बैंकबाट चलाउन बन्द गरिएको छ । हाल नेप्समा आवद्ध बैंकका एटीएमहरु आफ्नो एटीएम मेसिनमा मात्र चल्छदन । अर्को बैंकको एटीएममा चल्दैनन ।

नेप्स बाहेकको सिष्टमबाट सञ्चालित एटीएममा भने यस्तो समस्या छैन । ती बैंकका एटीएम पूर्ण रुपमा सूचारुरुपले चलिरहेका छन् ।

यो व्यवस्थाले ग्राहक मर्कामा परेका छन् । खासगरी भारतमा रहेका नेपालीहरु यसको ठूलो मारमा परेका छन् । अध्ययन, भ्रमण, उपचारलगायत कारणले भारतमा गएका नेपालीहरुका लागि एटीएमबाट पैसा निकाल्ने विशेष व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

पैसा निकाल्न नपाएर अप्ठेरोमा रहेका भारतमा रहेका नेपाली वा तीनका परिवारले जानकारी गराएमा २४ घण्टाभित्र सेवा उलपब्ध गराउने प्रतिवद्धता राष्ट्र बैंकले गरेको छ । यसका लागि राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलालाई फोन न. ९८५१२१०९१९ मा टेलिफोनमार्फत जानकारी गराउनु पर्नेछ ।

सोही व्यवस्था अनुसार आइतबार वा सोमबार देखि एउटा बैंकको एटीएम अर्को बैंकको एटीएममा पनि चल्न सक्ने बनाउन लागिएको राष्ट्र बैंकले जनाएको छ ।
हाल नेप्स अन्तरगत ११ वटा वाणिज्य बैंक र ६ वटा विकास बैंकका एटीएम सञ्चालनमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here