तराईका विभिन्न जिल्लाबाट पैदलै काठमाडौं आइपुगेका मिटरब्याज पिडित र सरकारबीच आज औपचारिक वार्ताको तयारी छ । सरकारले मिटर ब्याजलाई अपराध मान्ने गरी कानून संशोधन गर्ने निर्णयपछि आन्दोलन मत्थर भएको छ ।
न्याय माग्दै काठमाडौं आएका मिटरब्याज पीडितहरुले टंगालमा प्रदर्शन थालेका छन् । उनीहरु प्रधानमन्त्री निवास बालुवाटारतर्फ लम्किएका थिए । पीडितहरुलाई प्रहरीले निषेधित क्षेत्रतर्फ जान दिएको छैन । उनीहरु टंगालको सडकमा प्रदर्शन गरिरहेका छन् ।