Tag: राम र लक्ष्मण रिमाल

‘सित्तैमा दिँदा पनि सरकारले भोटिङ मेशिन प्रयोग गरेन’

हामी भोटिङ मेसिन देखाउन पूर्व प्रधानमन्त्री कहाँ पुग्यौं । हामीले उहाँसँग आफ्ना कुरा राख्यौ, यो नेपालमा हामीले बनाएको हो । नेपाली उत्पादनलाई देशविदेशमा प्रचार गर्नुपर्छ भनेर ३० पानाको पत्र दियौं र झण्डै ३० मिनेट कुरा गर्यौ । त्यसपछि हामीले मेसिन प्याक गर्ने बेलामा उहाँले प्रश्न गर्नुभयो, यो चाइनाबाट ल्याएको हो ? कि भारतबाट ल्याएको हो ?