Tag: #article

‘कृषि सोख हैन व्यवसाय हो’

नेपालीहरुको अंशबण्डाको परम्परा मलाई मन पर्छ । बाबुआमाले आफूसँग भएको खेत तथा जग्गाजमिन आफ्ना सन्तानहरुलाई बराबर भाग लगाएर बाँड्छन् । तर अब यदि कृषिमा प्रगति गर्ने हो, उत्पादन बढाउने हो भने सकेसम्म खेतीयोग्य जमिन नटुक्रियोस् भन्ने हिसाबले काम गर्नुपर्छ ।