काठमाडौं । इजरायल धेरै सानो मुलुक हो । २२,१४५ बर्ग किमि क्षेत्रफल भएको यो मुलुक नेपालको एक प्रदेश ९ठ्याक्कै लुम्बिनी प्रदेश बराबरको छ । त्यसमा पनि आधाभन्दा बढी भुभाग मरुभुमि छ । त्यहाँको मौसम ज्यादै सुख्खा, कठोर र कृषि कार्यका लागि त्यत्ति उपयुक्त छैन । त्यहाँको जमिन उब्जाउ छैन । जबकि नेपालको खासगरी तराइमा धेरै भुभाग उब्जाउ र खेतीयोग्य छ ।
तथ्यांकको आधारमा पनि इजरायलको कृषि धेरै नेपालीहरुका लागि आश्चर्यजनक लाग्न सक्छ । त्यति थोरै भुभागमा त्यहाँको जनसंख्याको मात्र दुई प्रतिशतले खेतीकिसानी गर्छन् । त्यस्तो स्थितिमा पनि त्यो दुई प्रतिशतले इजरायलको बाँकी ९८ प्रतिशत जनसंख्याका लागि आवश्यक कतिपय तरकारी तथा अन्न पु¥याएको छ भने केही निर्यातसमेत गरिरहेको छ । तर नेपालमा करीब ६० प्रतिशत जनसंख्या कृषिमा संलग्न छ भने धेरै प्रकारका खाद्यान्न, तरकारी र फलफूल ठूलो मात्रामा आयात गरिरहेको छ ।
यो कुनै चमत्कार वा जादू होइन । यो आफसेआफ भएको पनि होइन । कृषिको आधुनिकीकरण, यान्त्रिकीकरण, लगानी र मेहनतले यो सब संभव भएको हो । कृषि कुनै सोख वा फुर्सदमा गर्ने कार्य होइन, यो व्यवसाय हो, यो प्रोफेशन हो, जीवनशैली हो । इजरायलले यही सन्देश संसारभर फैलाउन चाहेको छ । जब तपाईं व्यवसायको कुरा गर्नुहुन्छ, तपाईं आधुनिक प्रविधि वा शैलीको कुरा गर्नुहुन्छ । अहिलेको प्रतिस्पर्धी दुनियाँमा हजुरबुवाले गरेको कृषिको शैली र प्रविधिले कत्ति पनि काम गर्दैन । यदि हामीले यसलाई विशिष्ट प्रकारको प्रविधि र तरिकाले गर्न सक्दैनौं भने त्यसले दिने लाभ पनि हासिल गर्न सक्दैनौं ।
कृषिको आधुनिकीकरण र व्यावसायीकरणका लागि यान्त्रिकीकरण पहिलो सर्त हो । त्यसपछि बल्ल लगानीको कुरा आउँछ । यदि तपाईं गोरु वा राँगाको सहायताले खेत जोत्नुहुन्छ भने एक दिनमा अधिकतम ४–५ रोपनी खेत जोत्न सक्नुहोला तर यदि प्रविधि वा ट्र्याक्टरको सहायताले खेत जोतियो भने त्यसको दशौं गुणा बढी नतिजा हासिल गर्न सकिन्छ । तर त्यस्तो प्रविधिका लागि लगानी आवश्यक पर्छ । ट्र्याक्टर कुनै पनि हिसाबले गोरु वा राँगाभन्दा महँगो प्रविधि हो । कुनै पनि कुरामा लगानी गरिन्छ भने त्यो व्यवसाय हुन्छ र त्यसलाई व्यवसायकै रुपमा सम्बोधन गर्नुपर्ने हुन्छ ।
कृषिबाट उद्यमतिर
नेपालीहरुको अंशबण्डाको परम्परा मलाई मन पर्छ । बाबुआमाले आफूसँग भएको खेत तथा जग्गाजमिन आफ्ना सन्तानहरुलाई बराबर भाग लगाएर बाँड्छन् । तर अब यदि कृषिमा प्रगति गर्ने हो, उत्पादन बढाउने हो भने सकेसम्म खेतीयोग्य जमिन नटुक्रियोस् भन्ने हिसाबले काम गर्नुपर्छ । खेतीयोग्य जमिन एउटा सन्तानले व्यवस्थापन गर्ने र बाँकी सन्तानहरुले व्यापार व्यवसाय, उद्योगधन्दा वा सेवा व्यवसाय गर्ने परम्पराको थालनी गर्नुपर्छ । यसले उनीहरु तथा समाज दुवैको उन्नति हुन्छ । जमिनका ससाना टुक्राहरुमा थोरै मात्रामा खेती गरेर कसैलाई पनि लाभ हुँदैन, जीवन निर्वाह मात्र हुन्छ । साथै यसले दीर्घकालमा मुलुकमा डक्टर, नर्स, शिक्षकलगायत अन्य पेशाकर्मीको अभावलाई नै बल पु¥याउँछ । ६० प्रतिशतको हाराहारीमा मानिसहरुले कृषि मात्र गर्ने हो भने समाजले विकास र वृद्धिमा छलाङ मार्न सक्दैन ।
यदि तपाईंले नेपालको ऐतिहासिक प्रवृत्ति हेर्नु भो भने २५–३० वर्षअघि कृषिमा लाग्ने मानिसको संख्या ८० प्रतिशतको हाराहारीमा थियो । समय क्रममा यो संख्यामा निरन्तर कमी आइरहेको छ । मानिसहरु गाउँबाट शहरतिर आइरहेका छन् भने कृषिबाट सेवा, उद्योग वा ब्यापारतिर लागिरहेका छन् । त्यसैले कृषिको विकासमा अहिले दोहोरो चुनौति छ ः किसानको संख्या घटाउने र सोही समयमा उत्पादन बढाउने । संभवतः यो नेपालका लागि ठूलो चुनौति हो । इजरायल पनि केही वर्षसम्म यस्तै चुनौतिबाट गुज्रिएरै अहिलेको अवस्थामा आएको हो । त्यसका लागि नयाँ नीति चाहिन्छ र नीतिनिर्माताहरु त्यसबारे जानकार हुनुपर्छ ।
यसैवीचमा नेपालका छिमेकी मुलुकहरुले कृषि उत्पादन वृद्धिमा गजवको प्रगति गरिरहेका छन् । आयात गर्न नपाउँदा यहाँ प्याजसको समेत अभाव भएको अवस्था हालै देखिइसकेको छ । जवकि प्याज विना पनि भान्सा चल्न सक्छ, मानिसहरु प्याज विना साता वा महिना विताउन सक्छन् । यस्तो कृषिमा संभावना भएको मुलुकले आधारभुत कृषि वस्तुको उत्पादनको योजनामा काम गर्न किन नसकेको होला रु वर्षौंसम्म रसायनिक मलको अभाव किन झेलिरहेको होला रु वाहिरबाट आउने र नेपाल भित्रैका जनताले सोच्ने प्रश्नहरु हुन् यी । र, यसको समाधान हामी अहिले दिन सक्दैनौं । नेपालको कृषिमा सहयोग गरेको नाताले र स्थानीय किसानसँग राम्रो सम्बन्ध भएको कारणले यस्ता कुरामा हामीलाई पनि चासो र चिन्ता लाग्नु स्वाभाविक हो । मलको समस्या एक वा दुई वर्ष हुनु सामान्य हो तर सधैं समस्या र अभाव हुनुले किसानलाई अप्ठ्यारो परिरहेको छ । उत्पादन वृद्धिमा नकारात्मक असर परेको छ । आगामी वर्ष पनि रसायनिक मलको अभाव हुन्छ भन्ने सबैलाई अहिले नै थाहा छ । त्यसो भए त्यसको समाधान अहिले किन नखोज्ने ?
आधुनिक प्रविधिको प्रयोग
आधुनिक कृषिका लागि अर्को सर्त हो आधुनिक प्रविधि र शैलीको प्रयोग । उदाहरणका लागि कुनै किसानले १० ओटा गाई पालेको छ भने तिनले जन्माउनेमध्ये कति बाच्छा वा कति बाच्छी होलान् रु धेरैले गर्ने अनुमान होः आधाआधा अर्थात् ५÷५ । तर कसैले तीमध्ये आठ ओटा बाच्छी हुन्छन् भन्यो भने हामी पत्याउँदैनौं । १० गाईमध्ये ५ ओटाले बाच्छा पाए भने किसानलाई उत्पादनमा ५० प्रतिशत नोक्सान हुन्छ । तर काठमाडौं उपत्यकामै आङ फुर्वा नाम गरेका एक यस्ता किसान छन् जसले १०० ओटा गाईबाट ९५ ओटा बाच्छीहरु पाइरहेका छन् । र, यो लक्ष्मी माताको कृपा होइन, विज्ञान हो । अनि नेपाली किसानको विडम्बना के हो भने धेरैले यस्ता उपयोगी विधिबारे सुनेका वा जानेका छैनन् ।
अहिले हामी यस्ता विज्ञानका कुरा, किसान र कृषिलाई सहयोग हुने कुराको प्रचारप्रसार गर्न थाल्नुपर्छ । यस्ता प्रविधिबारे सिक्न किसानलाई प्रोत्साहित गर्न सक्नुपर्छ । फुर्वा इजरायल पुगेर यस्ता कुराबारे थाहा पाए र गाईको उत्पादकत्व बढाउन जाने । अहिले त्यसैको अभ्यास गरिरहेका छन् । त्यसैगरी, गाई वा भैंसीपालक किसानहरुले दूध उत्पादनको मात्रा पनि बढाउनु पर्छ । फूर्वाले आफ्ना गाईको उत्पादकत्व दोब्बर बनाएका छन् । अनि धेरैलाई यो प्रविधि नेपालमा हस्तान्तरण गर्न पाए पनि हुन्थ्यो जस्तो लाग्छ । तर यो त यहीँ छ । नेपालमा यसको सफल अभ्यास भइसकेको छ । फुर्वाजस्ता कृषि उद्यमीहरुले यसको प्रयोग गरिरहेका छन् र त्यसबाट लाभ लिइरहेका छन् । यस्ता आधुनिक विधि प्रविधिको विकास र विस्तारका लागि सरकारले सघाउनु पर्छ ।
स्मार्ट सिंचाई
कृषिमा अहिले सफल मानिएको अर्को प्रविधि थोपा सिंचाईको हो । इजरायलले आजभन्दा पाँच दशकअघि नै यसको सफल परीक्षण गरी प्रयोगमा ल्याएको थियो भने नेपालमा एक डेढ दशक अघिदेखि मात्र यसको प्रयोग थालिएको हो । अहिले नेपालमा देशैभर थोपा सिंचाईको विस्तार भएको छ । त्यसका लागि चाहिने सबै सामानहरु स्वदेशमै बन्छन् । थोपा सिंचाई भनेको इजरायलजस्तो मरुभुमि भएको र थोरै पानीको उपलब्धता भएको देशलाई मात्र आवश्यक कुरा भो भन्ने कतिपयलाई लाग्न सक्छ । तर कुरा त्यसो होइन, थोपा सिंचाई भनेको त विरुवालाई जति चाहिन्छ, त्यत्ति मात्र पानी उपलब्ध गराउनु हो । यसले उत्पादकत्व बढाउँछ । कतिपय अवस्थामा उत्पादकत्व दोब्बरभन्दा धेरैले बढेको छ । थोपा सिंचाईको माध्यमबाट विरुवालाई चाहिने मल तथा औषधीहरु पनि प्रवाह गर्न सकिन्छ, त्यसलाई ‘फर्टिगेशन’ भनिन्छ जुन ‘फर्टिलाइजर’ र ‘इरिगेशन’को संयुक्त रुप हो ।
धेरै नेपाली किसानहरुले यस्ता कुराको बारेमा इजरायलमै गएर सिकेका छन् । त्यसका लागि द्विपक्षीय कार्यक्रम ‘लर्न एण्ड अर्न’ सञ्चालनमा ल्याइएको छ । नेपाली युवाहरुलाई १ वर्षका लागि इजरायल पठाइन्छ, उनीहरु त्यहाँ हप्ताको पाँच दिन फिल्डमै काम गर्छन र १ दिन क्याम्पसमा गएर प्रविधि र शैलीबारे पढ्छन् । उनीहरुले त्यहाँ काम गरेर सिक्छन् पनि कमाउँछन् पनि । फर्किंदा उनीहरुसँग पशुपालन वा कृषि परियोजना गर्ने ज्ञान र सीप त हुन्छ नै केही आर्थिक जोहो पनि हुन्छ । जसले उनीहरुको आत्मबल बढाउन मद्दत गर्छ र व्यवसाय शुरु गर्नमा प्रोत्साहित गर्छ । सबैभन्दा ठूलो कुरा उनीहरुले इजरायलको काम गर्ने सँस्कृति सिकेर आउँछन् ।
इजारायली सीप र संस्कृति
अहिलेसम्म हामीले तीन हजार युवा नेपालीलाई इजरायलमा सिक्न र पढ्न पठाइसकेका छौं । यसै सन्दर्भमा आगामी जुनमा सिंचाई र फर्टिगेशन प्रविधिबारे सिकाउन युवाहरुको एक समुहलाई इजरायल पठाउने तयारी हुँदैछ । सो तालीममा उनीहरुलाई पानीको दीगो उपयोग कसरी गर्ने, आधुनिक सिंचाई प्रविधि कस्तो अपनाउने, फर्टिलाइजर र पोषक तत्वको प्रयोग कसरी गर्ने, अनुसन्धान र विकास कसरी गर्ने जस्ता कुराहरु सिकाइन्छ । इजरायलबाट फर्केका युवाहरुले देशैभर सफल खेती तथा पशुपालन चलाइरहेका छन् । काठमाडौं उपत्यकाकै कुनाकुनामा देखिने ग्रीन हाउसहरुमा इजरायलबाट फर्केका धेरै युवाहरु संलग्न छन् ।
पसिना नबगाइकन, मेहनत नगरीकन कुनै पनि पेशा व्यवसाय चल्दैन भने कृषि मात्रै त्यसमा अपवाद कसरी हुनसक्छ रु आफ्नै लगानी गरेको पेशा वा व्यवसायको माया बढी हुन्छ, त्यसको उन्नतिको संभावना पनि बढी हुन्छ । नेपालका कतिपय निजी क्षेत्रका कम्पनीहरुले निकै राम्रो गरिरहेका छन् । तर सरकार र निजीक्षेत्र दुवैले नेपाललाई कृषि वस्तु आयात गर्ने होइन, निर्यात गर्ने मुलुक बनाउनका लागि सहकार्य गर्नुपर्छ । त्यसका लागि योजना बनाएर काम गर्नुपर्छ । १० वर्षअघि नेपालले विजुली निर्यात गर्छ भन्दा मानिसले पत्याउन गाह्रो थियो । तर अहिले निर्यात शुरु भइसक्यो । त्यसैले कृषिमा पनि त्यसै प्रकारको नीतिगत हस्तक्षेप आवश्यक छ । अहिले नै तयारी शुरु गर्ने हो भने पाँच वा १० वर्षपछि निर्यातका लागि मार्गप्रशस्त हुन सक्छ । र, यो संभव छ ।
अब नेपाल र नेपालीले बाहिर अरुको मुख ताक्न छाडेर आफूभित्रै भएको संभावनाको विकासमा ध्यान दिनुपर्छ । अहिले भएको प्रविधि र शैलीलाई विकास र विस्तार गर्ने कुरामा लगानी गर्नुपर्छ । एक दशकअघि यहाँ छ महिना मात्र गोलभेँडा उत्पादन हुन्थ्यो, अहिले बाह्रै महिना हुन्छ । गर्यो भने हुने रहेछ नि । नेपालीले धेरै नसुनेका किवी, ड्रागन फ्रुटजस्ता नयाँ उत्पादनहरु बजारमा आइरहेका छन् । त्यसैले नगदे बालीमा ध्यान दिनुपर्छ, धान उत्पादनले किसानको जीवनस्तर उठाउन सक्दैन ।
तराईलाई खेती गर्ने क्षेत्रको रुपमा छुट्याएर प्रविधिको उच्च प्रयोग गरेर नगदेबाली लगाउनु पर्छ । पहाडमा पनि विशेष खालका फलफूल तथा तरकारीको उत्पादन गर्न सकिन्छ । भारतले कृषिका लागि अहिले इजरायलसँगको सहकार्यमा ३० ओटा एक्सिलेन्स सेण्टर खोलेको छ जहाँ किसानहरु गएर नयाँ कृषि प्रविधिबारे ज्ञान र जानकारी लिन सक्छन् । यसले उनीहरुको आत्मविश्वास र उत्पादन दुवै बढाएको छ । भारत अहिले खाद्यान्नको ठूलो निर्यातक मुलुक हो । नेपालले पनि त्यस्तै खालका अत्याधुनिक केन्द्रहरु स्थापन गरी किसान र कृषिलाई प्रोत्साहन गर्ने नीति लिनुपर्छ । गोडेर नेपालका लागि इजरायली राजदूत हुन् । चेम्बर स्मारिका २०७९ बाट साभार