लोकल सानो गोलभेडा ४० र भारतीय ठूले गोलभेडा ६०, अदुवा २४०, रातो आलु ४४ र रातो भारतिय आलु ४० रूपैयामा कारोबार हुदाँ स्थानीय काउली २०, लौका ६०, कागती २४०, लोकल काक्रो ९०, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी ९० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।
केही तरकारीको मूल्य बढेको छ भने च्याउ, काउली, भान्टा, बोडी, कुरिलो, घिरौँला, मटरकोसासहितका केही तरकारीको मूल्य घटेको छ। धेरैजसो तरकारी तथा फलफूल भने हिजो अस्तीकै मूल्यमा किनबेच भइरहेको छ।