बर्षा र पहिरोका कारण देशभरका चार राजमार्ग अवरुद्ध बनेका छन् । पहिरोका कारण अरनिको राजमार्ग र मध्य पहाडी राजमार्ग र सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित अरनिको राजमार्ग अवरुद्ध भएको हो ।
गत मगलबार रुकुमपश्चिमको आठबिसकोट नगरपालिका –१४ पिपलचौरमा भएको टिप्पर दुर्घटनामा परी ठूलीभेरी नदिमा बेपत्ता भएका तीन जनाकै शव फेला परेको छ ।
गोसाइँकुण्डमा स्नानको क्रममा आइतबार दुई जना तीर्थालु बेपत्ता भएका छन्। जिल्ला प्रहरी प्रमुख हेमबहादुर शाहीका अनुसार बेपत्ता हुनेमा मोरङ जिल्ला विराटनगरका करिव २८ वर्षीय सुजन ढकाल र मोरङ बेलवारीका मनोज...
बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाले नेपालका अधिकांश स्थानमा वर्षा गराइरहेको मौसमविदले बताएका छन् ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत नेपालमा सञ्चालित कार्यक्रमलाई निरन्तरता दिने निर्णय अमेरिकी सरकारले गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ।
लगातार ८ कारोबार बढेको सेयर बजार आइतबार घटेको छ । अघिल्लो दिनको तुलनामा बजारको परिसूचक नेप्से १८.४४ अंक घटेर २९६४ अंकमा कायम भएको छ ।
भारतको उत्तराखण्डको हरिद्वारस्थित मनसादेवी मन्दिरमा आइतबार भएको भागदौडमा ६ जनाको मृत्यु भएको छ ।
ऊर्जा जलस्रोत तथा सिचाइँमन्त्री दीपक खड्काले चितवनमा लोडसेडिङ सुरु भएको भन्ने कुरामा कुनै सत्यता नरहेको बताएका छन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.