प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीले खुसीका साथ हरेक साउन १५ मा खीर खाने वातावरण निर्माण गर्नुपर्ने बताएका छन् ।
बुधबार करिब ४८ अंक घटेको सेयर बजार बिहीबार ३१ दशमलव ५० अंक घटेको छ । सो गिरावटपछि नेप्से परिसूचक २९२२ अंकमा कायम भएको छ ।
बर्षाका कारण आएको बाढीपहिरोबाट देशभरका सात राजमार्ग पूर्णरूपमा अवरोध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार मुलुकका विभिन्न सात मुख्य राजमार्ग अवरोध भएका हुन् ।
उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेकपा एमाले र नेपाली काँग्रेसबीच राजनीतिक अस्थिरता रोक्न सात बुँदे सहमति भएको बताएका छन् ।
नेपाली बजारमा बिहीबार सुन–चाँदीको मूल्य घटेको छ। बुधबार प्रतितोला एक हजार चार सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला आठ सय रूपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएकाे छ।...
पद्मश्री साहित्य पुरस्कारको लागि छनोट भएका कृतिको संक्षिप्त सूची सार्वजनिक भएको छ ।
सडक अवरुद्ध भएको जानकारी प्राप्त हुनासाथ प्रहरीचौकी पुर्तीघाटबाट सुरक्षाकर्मी परिचालन गरिएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकरी गङ्गाबहादुर सारुले जानकारी दिए ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको बताएको छ । साथै मनसुनको न्यूनचापीय रेखा पनि सरदर स्थानको आसपास नै रहेको जनाएको छ ।
साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ ।
आज बुधबार बिहान अन्दाजी २ बजे आएको बाढीले रसुवागढी क्षेत्रको भौतिक संरचनामा पुनः ठूलो क्षति गरेको छ । जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार भोटेकोशी नदीमा आएको बाढीले स्याफ्रुबेसी–रसुवागढी सडक पुन:...
© 2026 Cloud Patrika. All Rights Reserved.