आज तेजाबी सुनको मूल्य तोलामा पाँच सय ५० रुपैयाँ बढेको छ । तेजाबी सुन प्रतितोला एक हजार १९ हजार ९ सय रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सुधारोन्मुख भएको बताएका छन् । आज भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले अर्थतन्त्रका सूचक सकारात्मक देखिएका बताएका हुन् ।
बक्यौता नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले धमाधम ठूला उद्योगको लाइन काट्न थालेपछि सोमबार एक विज्ञप्ति जारी गर्दै महासंघले उद्योगी र प्राधिकरण बीचको विवाद सुल्झाउन सरकारसँग उच्च स्तरीय आयोग बनाउन माग...
संचालनमा आएको डेढ वर्ष बिते पनि नियमित रुपमा अन्तर्राष्ट्रिय उडान नहुँदा विमानस्थलबाट हुने व्यापार न्यून रहको छ । गाैतमबुद्धभन्दा पछि संचालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने व्यापार बढ्दो क्रममा रहेको...
काठमाडौं महानगरपालिकाले सडक सुरक्षा कायम राख्नका लागि दुई सय ६४ स्थानमा बस बिसौनी निर्माण गर्ने भएको छ । यसका लागि महानगरले चालु आर्थिक वर्षमा १३ करोड बजेट विनियोजन गरेको छ...
काठमाडौं । नयाँ धान भित्र्याएको खुशीयालीमा नेवार समुदायले आज योमरी पूर्णिमा हर्षोल्लासका साथ मनाउँदैछन् । योमरी पूर्णिमालाई योमरी पुन्हि पनि भनिन्छ । नेवार समुदायको ठूलो चाडका रूपमा मनाइने यस चाडलाई...
काठमाडौं । प्रकृतिका पुजारीको रुपमा चिनिएका किराँत समुदायको दोस्रो महत्त्वपूर्ण चाड उधौली देशभर हर्षोल्लासका साथ आज मनाइँदै छ। हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनदेखि सुरु हुने उधौली चाड मानिस, जीवजन्तु तथा...
सनातन धर्माम्बलम्वीहरुले आज गौशालादेखि विभिन्न नाराबाजी गर्दै मन्त्री किराँतीको बर्खास्तीको माग राखेर संसद भवन घेराउ गर्ने कार्यक्रम आयोजना गरेका हुन् ।
बैंकिङ प्रणालीमा अधिक तरलता कायम भएपछि नेपाल राष्ट्र बैंकले एकैदिन ३५ अर्ब रुपैयाँ खिच्ने भएको छ । राष्ट्र बैंकले मंगलबार निक्षेप संकलन बोलकबोल मार्फत ३५ अर्ब रुपैयाँ तान्ने भएको हो...
पोखरामा २०६२–०६३ को जनआन्दोलनका क्रममा तोडफोड गरिएको स्व. राजा वीरेन्द्रको शालिक फेरि ठड्याइएको छ। पोखरा महानगरपालिका–१० वीरेन्द्र चोकमा पूर्वराजा वीरेन्द्र शाहको शालिक पुनःस्थापना गरिएको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.