यातायात व्यवस्था विभागले घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म सार्वजनिक सवारी साधनको इजाजत पत्र (रुट परमिट) खुला गर्ने भएको छ ।
मन्त्रालयका अनुसार चामल, दाल, गहुँ, आँटा, मैदा, चिउरा लगायत खाद्यन्नमा प्रतिकिलो ७ रुपैयाँ छुट पाइने छ । त्यस्तै, खानेतेलमा प्रतिलिटर ७ रुपैयाँ र नुनमा प्रतिकिलो २ रुपैयाँ छुट पाइने छ...
इजरायलस्थित नेपाली राजदूतावासले इजरायलमा रहेका नेपालीका लागि ‘एडभाइजरी’ जारी गरेको छ।
नौ जना नेपाली घाइते भएको र दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ । उनीहरु ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषि फार्ममा काम गर्न इजरायल पुगेका थिए ।
एरिका कराँतेबाट एसियाली खेलकुदमा रजत जित्ने पहिलो खेलाडी बनिन्। यसअघि नेपालले एसियाली खेलकुदमा करातेबाट कास्य मात्र जितेको थियो। एसियाडको इतिहासमा नेपालको यो समग्रमा तेस्रो रजत हो ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले मध्यावधि निर्वाचनमा जान नदिन एमाले त्याग गर्न तयार रहेको भन्दै पदबाट राजीनामा दिएका छन् ।
नेपालबाट यो वर्षको मनसुन बाहिरिन थालेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशको पश्चिम भू–भागबाट मनसुन बाहिरिन सुरु भएको हो ।
भारतको उत्तरपूर्वी क्षेत्रमा आएको बाढीबाट कम्तीमा ४० जनाको मृत्यु भएको अधिकारीहरूले शुक्रबार बताएका छन् । भारतीय सेनाले बाढीमा फसेका हजारौँको हेलिकप्टरमार्फत उद्धार गर्ने योजना बनाएको छ ।
जिल्ला अदालत काठमाडौंले ६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका २५ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
काठमाडौं । एफवान सफ्ट ग्रुप, नेपालको अग्रणी फिनटेक समूहले, तीन प्रख्यात नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरूसँग ब्रान्ड एन्डोर्सरको रूपमा सम्झौता हस्ताक्षर समारोह गरेको छ। एफवान सफ्ट ग्रुपको सहायक कम्पनीहरू फोनपे, ईसेवा...
© 2026 Cloud Patrika. All Rights Reserved.