टी-२० आइमा नेपालले ओमानलाई सजिलै हरायो

नेपालले त्रिकोणात्मक टी–२० आई सिरिजमा ओमानलाई ३७ रनले पराजित गरेको छ । क्यानडा भ्रमणमा नेपालको यो पहिलो जित हो । १७७ रनको लक्ष्य पछ्याएको ओमान १९.१ ओभरमा १३९ रनमा अल आउट भयो । ओमानका शोएब खानले ३९ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४५ रन बनाए ।

टी-२० आई सिरिज : नेपाल क्यानडासँग पराजित

काठमाडौं । नेपाल त्रिकोणात्मक टी–२० आई सिरिजमा घरेलु टोली क्यानडासँग ४ विकेटले पराजित भएको छ । योसँगै शीर्ष स्थानमा रहँदै उपाधि जित्ने नेपालको सम्भावना...

आज दशैंको छैटौं दिन, देवि कात्यायनीको पूजा-आरधना

आज बडादशैंको छैटौं दिन देवी कात्यायनीको पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठीका दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ ।

साफ वुमन्स च्याम्पियनसिप-२०२४, नेपाल र भुटान आज भिड्दै

नेपालले घरेलु मैदानमा जारी साफ वुमन्स च्याम्पियनसिप(२०२४ मा आज भुटानसँग पहिलो खेल खेल्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु हुनेछ । आजको खेलमा सावित्रा भण्डारी (साम्बा) अनुपस्थित हुनेछिन् ।

बालबालिकालाई खोप लगाउन छुटेको त छैन ? आज बृहत् खोप अभियान

देशभरका सबै सरकारी स्वास्थ्य संस्थाबाट राष्ट्रिय खोप तालिकाअनुसार १५ महिना भित्रमा लगाउनुपर्ने नियमित खोप छुटेका ५ वर्ष मुनिका बालबालिकालाई नियमित खोप लगाउँदैछ।

पोखरामा पहिरोले घर बगाउँदा एक जनाको मृत्यु

मङ्गलबार साँझबाट निरन्तरको वर्षापछि आएको पहिरोमा परी पोखरा महानगरपालिका वडा नम्बर २७ मा एक जनाको ज्यान गएको छ । बिहान ४ बजेतिर सहेलपाटामा घरमाथिबाट आएको पहिरोले घर बगाउँदा त्यसमा पुरिएर पोखरा २७ का २२ वर्षीय भीमबहादुर थापाको ज्यान गएको हो ।

चिसो पानीमा पौडी खेल्दा हुन्छ स्वास्थ्यलाई फाइदै फाइदा

चिसो पानीमा पौडी खेल्दा तपाईंको मुटुले न्यानो राख्न कडा मेहनत गर्नुपर्छ ।

अफ्रिकामा फैलियो घातक मन्कीपक्स, आपतकाल घोषणा

डब्ल्यूएचओका अनुसार एमपक्स संक्रमित व्यक्तिको निकट सम्पर्कमा रहने व्यक्तिहरुलाई सर्दछ । संक्रमित व्यक्तिलाई छुँदा वा नजिकै गएर कुराकानी गर्दा स्वासप्रश्वासको माध्यमबाट पनि यो रोग सर्छ । यसको संक्रमण देखिएमा शरीरभरी फोकाहरु आएर घाउ हुने, उच्च ज्वरो आउने र ज्यान जाने गर्दछ । सुरुवातमा फ्लुको जस्तो लक्षण देखिन्छ ।

जीप र माइक्रोबस असार १ देखि नयाँ बसपार्कभित्रबाट सञ्चालन हुने

जीप र माइक्रोबस आउँदो असार १ गतेदेखि गोंगबुस्थित नयाँ बसपार्कभित्रबाट सञ्चालन हुने भएका छन् । माइक्रोबस तथा जीप समन्वय समितिले आज पत्रकार सम्मेलन गरी आउँदो शुक्रबारदेखि जीप र माइक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्न लागिएको जानकारी दिएको हो ।

फैलिँदै हैजा, कसरी बच्ने ?

हैजाबाट बच्न व्यक्तिगत सरसफाइ र सम्बन्धित निकायको व्यवस्थापकीय भूमिका महत्वपूर्ण रहेको छ । हैजाको सम्बन्ध सरसफाइबाहेक खानेपानीको आपूर्तिसँग पनि जोडिएको छ ।