टी-२० विश्वकप : सुपर ओभरमा पाकिस्तानविरुद्ध अमेरिकाको सनसनीपूर्ण जित
आईसीसी टी-२० विश्वकपमा सहआयोजक अमेरिकाले पाकिस्तानविरुद्ध सनसनीपूर्ण जित निकालेको छ। टस हारेर ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेट क्षतिमा १५९ रन बनाएको थियो।
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, एकैदिन तोलामा १८ सयले बढ्यो
सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्यले अहिलेसम्म कायम सबै मूल्यलाई उछिन्दै छापावाल सुन तोलामा १ लाख ४४ हजार रुपैयाँ कायम भएको हो ।
विश्वकपको इतिहासमै युगान्डाको पहिलो जित
बिहीबार बिहान भएको खेलमा पीएनजीले प्रस्तुत गरेको ७८ रनको लक्ष्य युगान्डाले १८.२ ओभरमा सात विकेट गुमाएर भेट्टायो । विश्वकप २०२४ मा डेब्यु गरेको युगान्डाले पहिलो जित निकाल्दै इतिहास बनाएको हो ।
विश्वकप छनोट: दोस्रो लेगमा आज नेपाल र यूएई भिड्दै
फिफा विश्वकप २०२६ तथा एसियन कप २०२७ को दोस्रो चरण छनोट अन्तर्गतको दोस्रो लेगमा आज (बिहीबार) नेपाल र संयुक्त अरब इमिरेन्टस् (यूएई) भिड्दैछन्। साउदी अरबको प्रिन्स मोहम्मद विन फैद स्टेडियममा हुने खेल राति पौने १० बजेदेखि सुरु हुनेछ।
उच्च रेकर्ड बनाएको सुनको भाउ प्रतितोला ५ सय रुपैयाँ घट्यो
सुन–चाँदीको मूल्य घटेको छ। मंगलबार प्रतितोला एक हजार सात सय रूपैयाँ बढेर नयाँ रेकर्ड राखेको सुनको भाउ आज प्रतितोला पाँच सय रूपैयाँ घटेको हो।
टी-२० विश्वकप: नेपाल नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित
आईसीसी टी-२० विश्वकप २०२४ को आफ्नो पहिलो खेलमा नेपालले नेदरल्याण्ड्ससँग पराजित भएको छ । मंगलबार राति भएको खेलमा नेदरल्यान्ड्सले नेपालाई ६ विकेटले हराएको हो ।
नेदरल्यान्ड्सविरुद्ध नेपाल १०६ रनमै अलआउट
अमेरिकाको टेक्सासस्थित ड्यालसमा टस हारेर ब्याटिङमा आएको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर १०६ रनको योगफल खडा गरेको हो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए । भुर्तेल ७ रन तथा आसिफ शेख ४ रन बनाएर आउट भए ।
सन्दीपले दिए नेपाली टोलीलाई शुभकामना
सन्दीपले सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना दिँदै भनेका छन्, ‘उत्कृष्ट प्रदर्शनका लागि मेरो शुभकामना छ । प्रतियोगितामा तपाइँहरु उत्कृष्ट प्रदर्शन गर्नुहोस् । नेपालको गौरव बढाउनुस् । जय नेपाल ।’
इण्टरनेटबाट यसरी हेर्नुहोस् नेपाल र नेदरल्यान्ड्सबीचको लाइभ
आइसीसी टी–२० विश्वकप २०२४ मा आज नेपाल नेदरल्यान्ड्ससँग भिड्दैछ । खेल नेपाली समय अनुसार राति ९: १५ मा अमेरिकाको डालसमा रहेको ग्राड प्रेरी क्रिकेट रंगशालामा सुरु हुनेछ ।
बढ्यो टी-२० विश्वकप क्रिकेटको पुरस्कार राशी, कति पाउँछन् विजेताले ?
अमेरिका र वेस्ट इन्डिजमा जारी नवौँ संस्करणको आइसीसी टी–२० विश्वकप क्रिकेट विजेता टोलीले २४ लाख ५० हजार अमेरिकी डलर पुरस्कार पाउने भएको छ । उपविजेतालाई १२ लाख २८ हजार अमेरिकी डलर प्रदान गरिने आइसीसीले जनाएको छ