यू-१९ विश्वकपको सुपर सिक्समा नेपाल र बंगलादेश भिड्दै

दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप २०२४ मा आज नेपालले बंगलादेशसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १ : ४५ मा माङ्गाउगं ओभलमा सुरु हुनेछ । नेपाल सुपर सिक्स खेल्नु अघि नै सेमिफाइनल दौडबाट बाहिरिसकेको छ । नेपालको लक्ष्य विना दबाब उत्कृष्ट खेल्दै बंगलादेशलाई दुई दशकपछि स्तब्ध पार्ने सोच हुनेछ ।

देशभरका सिनेमा हल बन्दै हुँदै, के हो कारण ?

चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते देशभरका हल बन्द गर्ने भएका छन् । हल सञ्चालकको छाता संस्था चलचित्र संघले मंगलबार विज्ञप्ति जारी गर्दै अव्यावहारिक कर खारेजीको माग गर्दै सांकेतिक रुपमा उक्त दिन देशभरका हल बन्द गर्ने जनाएको हो ।

न्यूरोडको कालोपत्रे सडकमा भन्दा धेरै पार्किङको विकल्प महानगरले नि:शूल्क दियो

काठमाडौं महानगरपालिकाले न्युरोड जाने सवारीसाधनलाई पर्याप्त पार्किङ विकल्प दिएको जानकारी गराएको छ । ९ माघदेखि न्युरोड क्षेत्रको कालोपत्रे सडकमा पार्किङ निषेध गरेपछि महानगरले विकल्प दिएको हो । महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार न्युरोडको विकल्पमा २ हजार २ सय दुई पाङ्ग्रे र ३ सय चार पाङ्ग्रे सवारीसाधन पार्किङ गर्ने स्थान निःशुल्क उपलब्ध गराइएको छ । यो संख्या साविक न्युरोडको कालोपत्रे सडकमा गरिने सवारी पार्किङ संख्याभन्दा धेरै हो ।

अस्ट्रेलियन ओपनको उपाधि यानिक सिनरलाई

वर्षको पहिलो ग्रान्डस्लाम टेनिस प्रतियोगिता अस्ट्रेलियन ओपनको उपाधि इटालियन खेलाडी यानिक सिनरले जितेका छन् ।

फागुन ४ मा आउँदै ‘जिग्री’

सुस्केरा आर्ट्सको निर्माण तथा प्रस्तुति रहेको फिल्म ‘जिग्री’को प्रदर्शन मिति घोषणा भएको छ । निर्माताले तीन फरक पोस्टर सार्वजनिक गर्दै फागुन ४ गतेलाई रिलिज मिति घोषणा गरेका हुन् ।

नेपाल आईसीसी यू-१९ विश्वकप २०२४ को सुपर सिक्समा

अफगानस्तानलाई हराउदै नेपाल सुपर सिक्समा पुगेका हो ।

म्याराथन डेब्यूमा सन्तोषीले जितिन् कीर्तिमानी स्वर्ण

नेपाली धाविका सन्तोषी श्रेष्ठले शुक्रबार बंगबन्धु सेख मुजिव ढाका इन्टरनेसनल म्याराथनको डेब्यूमै राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छिन् ।

जित्नै पर्ने खेलमा नेपाल र अफगानिस्तान भिड्दै

आईसीसी यू–१९ विश्वकप २०२४ मा आफ्नो समूह चरणको अन्तिम खेलमा आज नेपाल र अफगानिस्तान प्रतिस्पर्धामा उत्रिने छन् । यो दुबै टिमका लागि निर्णायक खेल हो । नेपाली समय अनुसार दिउँसो १ः४५ मा बफेलो पार्क इस्ट लन्डनमा खेल सुरु हुँदैछ । नेपाल अफगानिस्तानलाई हराएमा सुपर सिक्स पुग्नेछ ।

यू–१९ विश्वकप: पाकिस्तानविरुद्ध अर्जुन कुमाल ६ रनमा आउट

आईसीसी यू–१९ विश्वकपमा पाकिस्तानविरुद्ध ब्याटिङ गरिरहेको नेपालले पहिलो विकेटको रूपमा ओपनर अर्जुन कुमाललाई गुमाएको छ ।

रोहितको कप्तानीमा टेष्ट र ओडीआई ‘टीम अफ द इयर’ घोषणा, को-को परे ?

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले यस वर्षको उत्कृष्ट टेष्ट र एकदिवसीय टोली घोषणा गरेको छ । एकदिवसीय टोलीमा आठ भारतीय क्रिकेटरले स्थान पाएका छन् भने टेस्ट टोलीमा अस्ट्रेलियाका खेलाडीको दबदबा रहे पनि दुई भारतीय खेलाडी पनि सूचीमा परेका छन् ।