तोलाको ४ सय रुपैयाँले बढयो सुनको भाउ, चाँदी स्थीर
बुधबार सुनको भाउ तोलाको ४ सय रुपैयाँ बढेको छ। आज सुनको कारोबार मूल्य १ लाख ११ हजार ६ सय रुपैयाँ तोकिएको छ।
घरजग्गा तथा आवास विकास संघको अध्यक्षमा विदुर धमला निर्वाचित
नेपाल जग्गा तथा आवास विकास संघको अध्यक्षमा विदुर धमला निर्विरोध निर्वाचित भएका छन् । काठमाडौंमा बुधबार भएको संघको १६औं साधारण सभाले उनलाई आगामी दुई वर्षका लागि अध्यक्ष चुनेको हो । सभाले अध्यक्षसहित सात जना पदाधिकारी र सात जना सदस्य निर्वाचित गरेको छ ।
सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला दुई हजार बढ्यो
नेपाल सुनचाँदी व्यवसायी महासंघका आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार रहेको छ । यो नै हालसम्मकै उच्च मूल्य हो ।
यसकारण महंगिरहेको छ सुन
तेलको मूल्य विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितताले तल आइरहेको छ। आर्थिक मन्दी हुनसक्ने चिन्ता छ। लगानीकर्ताहरूले अन्तर्राष्ट्रिय बजारमा मुख्य रूपमा अमेरिकी डलर वा सुन वा पेट्रोलियम पदार्थजस्ता कच्चा पदार्थमा लगानी गर्छन्।
प्रतितोला १ हजार घट्यो सुनको मूल्य
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला १ हजारले घटेको छ ।
एकैदिन प्रतितोला २ हजार रूपैयाँ घट्यो सुनको भाउ
बुधबार छापावाल सुनको मूल्य एक दिने २ हजार रुपैयाँले घटेको छ ।
ओरालो लागेको सुनको मूल्य फेरि रेकर्ड नजिक
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा ५०० र चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको हो ।
एकैदिन तोलामा १६ सयले बढ्यो सुनको भाउ
आज चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले बढेको छ । चाँदी तोलाको एक हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।