कोरोनाको असरका कारण लामो समय होटल व्यवसाय सञ्चालन हुन नसकेको र पछिल्लो समय क्रमिक रुपमा सञ्चालन हुन थालेसँगै कर्मचारीहरुसँग सौहार्द्धपूर्ण वातावरणमा काम गर्ने सम्बन्धमा छलफल केन्द्रित भएको थियो ।
सेफहरुलाई सम्मान गर्दै बोर्डका कार्यकारी प्रमुख डा. रेग्मीले सन्तोष शाहले नेपाली पकवानलाई विश्व सामु परिचित गराएर नेपालको पर्यटनमा नयाँ आयाम थपेको बताए ।
वसन्त याममा सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहण गर्न यो सिजनका लागि ७३८ जना आरोहीले आरोहण अनुमति लिएका छन्।
एकतर्फी ३७ हजार भाडा काठमाडौँ–रियाद गन्तव्यका लागि एकतर्फी भाडादर रु ३७ हजार कायम गरिएको जनाइएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगामी जेठ १५ गतेदेखि चौबिसै घण्टा सञ्चालन हुने भएको छ। यात्रु र उडानको चाप बढेपछि विमानस्थल रातिसमेत खोल्न लागिएको नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ।
निजी क्षेत्रको हवाइसेवा प्रदायक बुद्ध एयरले छिमेकी मुलुक भारतको नयाँदिल्ली, देहरादुनलगायत नेपाली धेरै भएका गन्तव्यमा हवाई सम्पर्क सञ्जाल विस्तार गर्ने भएको छ ।
टाढा जान असम्भव भए काठमाडौं नजिकैका गन्तव्यहरु पनि छनोटमा पार्न सकिन्छ । आकारमा सानो र आर्थिक हिसाबले गरिब भनिए तापनि नेपाल प्राकृतिक सुन्दरताका हिसाबले विश्वकै धनी मुलुकमध्येमा पर्छ ।
विश्वसामु नेपाल सर्वोच्च शिखर सगरमाथाको देश भनेर चिनिन्छ । सगरमाथासहित नेपालमा गगनचुम्बी हिमालहरु प्रशस्तै छन् । नेपाली पर्यटनको प्रमुख आधार बनेका छन्, गगनचुम्बी हिमाल ।
बुद्ध एयरले वैशाख २ गतेदेखि भद्रपुरबाट पोखराको दैनिक सिधा उडान गर्ने भएको छ ।
पर्यटक आगमन उत्साहजनक देखिएको छ । अध्यायगमन विभागको तथ्यांक अनुसार मार्च महिनामा नेपालमा विदेशी पर्यटकको संख्या बढेको छ
© 2026 Cloud Patrika. All Rights Reserved.