हिमाल आरोहणमा जाँदै हुनुहुन्छ ? यी हुन् जानुअघि जान्नै पर्ने पक्ष

फाइलफोटो

काठमाडौं । विश्वसामु नेपाल सर्वोच्च शिखर सगरमाथाको देश भनेर चिनिन्छ । सगरमाथासहित नेपालमा गगनचुम्बी हिमालहरु प्रशस्तै छन् । नेपाली पर्यटनको प्रमुख आधार बनेका छन्, गगनचुम्बी हिमाल ।

वर्षेनी हजारौं विदेशी पर्यटक हिमाल आरोहण गर्न नेपाल आउँछन् । हिमालको पर्यटन बेचेर नेपालले विदेशी मुद्रा आर्जन गरिरहेको छ । सेताम्मे हिमाल आरोहणका लागि मात्रै होइन, हेरेरै मनोरञ्जन गर्नका लागि पनि पर्यटक आउने गरेका छन् ।

तयारी र योजना

हिमाल चढ्नु चानचुने कुरा होइन । प्रतिकूल मौसमलाई चूनौति दिदै उचाईमा पुग्नु पर्ने भएकाले यसका लागि पर्याप्त तयारी र योजना बनाउनुहोस । शुरुमा कम उचाईका हिमाल चढ्दै आफूलाई पर्वतारोहणका लागि अभ्यस्त बनाउनुहोस ।

एकै पटक अग्लो चुचुरोमा जाँदा त्यसले जोखिम बढाउँछ । सामान्यतया हिमाल चढ्ने मानिस कम्तिमा पनि २ महिनासम्म हिमाली वातावरणसँग अभ्यस्त हुनुपर्छ ।

सरसारमानको जोहो

हिमाल आरोहणमा जुत्ता, लत्ता कपडा तथा अन्य उपकरणहरु आरोहणकै लागि भनेर बनाइएका हुन्छन् । ति सामानको जोहो नगरी आरोहणमा जानु हुँदैन । अधिक चिसोबाट बच्नुपर्ने हुन्छ । त्यसकारण शरीरको सुरक्षाको पूर्ण बन्दोबस्तीका सामान लिएर मात्र हिमालतर्फ लाग्नुपर्छ ।

पर्याप्त र पौष्टिक खाना

हिमाल आरोहणमा जाँदा समयको कुनै टुंगो हुँदैन । मौसमले साथ दिएन भने हप्तौ पनि रोकिनु पर्ने हुन्छ । त्यसकारण यात्रामा पर्याप्त खानाको जोहो गरेर हिड्नुपर्छ । खासगरी हिमालमा पौष्टिक र लामो समयसम्म खान मिल्ने खाद्य पदार्थ बोकेर जानुपर्छ । इनर्जी चकलेटहरु पर्याप्त मात्रामा बोक्नुपर्छ ।

मौसमको जानकारी लिनुहोस

हिमालमा मौसमसँग पौठेजोरी खेल्ने दुस्साहस गर्नु हुँदैन । किनकी त्यहा हुने कुनै पनि प्राकृतिक विपत्तीबाट बच्न निकै कठिन हुन्छ । किनकी कठिन भौगोलिक अवस्थिति र अनिश्चित मौसमले जति बेला पनि झुक्याउन सक्छ । त्यसकारण मौसमको अपडेट पलपलमा लिनुपर्छ । त्यसबाट कसरी बच्ने भन्नबारे पनि पर्याप्त तयारी गरेको हुनुपर्छ ।

आपतकालिन सेल्टर

हिमालमा सबै आपूmले सोचेजस्तो नहुन सक्छ । त्यसकारण आरोहीहरुका लागि आकस्मिक अवस्थामा उद्दारका लागि आपतकालिन सेल्टरहरुको व्यवस्था गर्नुपर्छ । त्यहा अक्सिजन, खाद्य पदार्थ, पानी र औषधिको पर्याप्त व्यवस्था हुनुपर्छ ।

आपतकालिन उद्दारको व्यवस्था

हिमालमा जानुअघि आपतकालिन अवस्थामा गर्नुपर्ने उद्दारका सम्बन्धमा सबै तयारी पुरा भएको हुनुपर्छ । अफ्ठ्यारो पर्दा कहाँ कसरी सम्पर्क गर्ने भन्ने सम्बन्धमा जानकारी लिनुपर्छ । सम्भव भएसम्म संचार उपकरणहरु दुरुस्त राख्ने प्रयास गर्नुपर्छ ।

अनुमति अनिवार्य

जुन हिमाल या रुटमा जान सरकारी अनुमति आवश्यक छ, त्यहाँ अनुमति लिन कन्जुस्याई नगर्नुहोस । किनकी अनुमति बीना प्रवेश गैरकानूनि हो भने त्यस स्थानमा तपाई जानु भएको छ या छैन भन्ने बारे सरकारी निकायलाई पत्ता पनि लाग्दैन । खासगरी आपतकालिन अवस्थामा तपाईको उद्दार गर्न पनि सरकारी अनुमतिले सहयोग गर्छ ।

अनिवार्य लैजानुहोस गाइड र सहयोगी

तपाई जतिसुकै अनुभवी भएपनि हिमालमा गाइड र सहयोगीबीना आरोहणको दुस्साहस गर्नु हुँदैन । किनकी आपतकालिन अवस्थामा आकस्मिक उद्दार गर्न समेत सहयोगीको ठूलो भूमिका हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here