पोखरामा नियमित अन्तर्राष्ट्रिय उडानका लागि आग्रह, चीनबाट पर्यटक बढाउन प्रधानमन्त्री ओलीले पहल गर्ने

`
काठमाडौँ, ४ मङ्सिर । गण्डकी प्रदेश सरकारका मन्त्री र त्यहाँका पर्यटन व्यवसायीहरुले अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालसहितको टोलीले सो विषयमा प्रधानमन्त्री ओलीलाई आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । मन्त्री बस्यालले गण्डकी प्रदेशको पर्यटकीय राजधानी पोखरामा पर्यटनवृद्धिका लागि अन्तर्राष्ट्रिय उडान हुनुु आवश्यक भएको बताउँदै केन्द्र सरकारबाट पनि देशकै पर्यटकीय राजधानीका रुपमा घोषित गर्न माग गरेका छन् ।

प्रधानमन्त्री ओलीले सरकारले सन् २०२५ लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको सन्दर्भमा आफ्नो आशन्न चीन भ्रमणका क्रममा पर्यटक बढाउने विषयमा चीनलाई आग्रह गर्ने बताएका छन् । पोखरामा नियमित अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्ने पनि उनको भनाइ थियो ।

भेटमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यमन्त्री बद्री पाण्डे, प्रदेशको मन्त्रालयका सचिव कुुमानसिंह गुरुङ, पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्की, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहाडीलगायतको उपस्थिति रहेको थियो ।

यो पनि पढ्नुस्ः
पोखरा विमानस्थलको ऋण अनुदानमा परिणत गर्न चीनसँग आग्रह, आईसीपी र सडकमा पनि सहयोगको अपेक्षा
पलेशालाई पोखरा महानगरको सम्मान, २ लाख रुपैयाँ नगद प्रदान
पोखरा र भैरहवाबाट अन्तर्राष्ट्रिय उडानमा प्रतिकिलोमिटर १०० डलर छुट
वैदेशिक रोजगार सम्बन्धी सेवा अब पोखरा र भैरहवामा समेत बिस्तार हुँदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here