नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई बोल्न दिएकोप्रति आपत्ति जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा माओवादी केन्द्रले आपत्ति जनाउँदै बैठक अवरोध गरेका थिए ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले केही कम्युनिष्ट पार्टीहरूसँग एकताको लागि छलफल भइरहेको बताएका छन्।
प्रतिनिधि सभाको १ बजे बैठक बस्दैछ। जहाँ मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभाबाट पारित भएको सन्देश टेबुल गर्ने कार्यसूची छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासले बन्धक रिहा नगरे युद्धविराम अन्त्य गर्ने चेतावनी दिएका छन् । हमासले बन्धक रिहाइ बन्द गरेसँगै ट्रम्पले प्रतिक्रिया दिएका छन् ।
हमासले बन्धकमा रहेकाको रिहाइ रोकेको छ । इजरायलबाट युद्धविराम सम्झौता उल्लंघन भएको भन्दै हमासले बन्धक रिहाइ बन्द गर्ने घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् ।
पाथीभरामा निर्माणाधीन केबलकारविरुद्ध आन्दोलनरत पक्षले थप आन्दोलनकाे घोषणा गरेका छन् । नेपाल सरकारका सहसचिवस्तरीय वार्ताबाट समस्या समाधान नभएको भन्दै उनीहरुले थप आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।
रक्षामन्त्री मानवीर राई सवार गाडीले मोटरसाइकललाई ठक्कर दिएको छ । आज ११ बजे मन्त्री राई सवार गाडीले माइतीघरमा मोटरसाइकललाई ठक्कर दिएको हो । ठक्करबाट कुनै क्षति भने भएको छैन ।
सरकारले यसबीचमा जारी गरेका अध्यादेश पारित गर्ने कार्यसूची भने आजको बैठकमा राखिएको छैन।
दिल्ली विधानसभा निर्वाचनमा अनपेक्षित नतिजा आउने क्रम जारी छ । दिल्लीमा निरन्तर लोकप्रिय मतले जित्दै आएका हाम आदमी पार्टीका संयोजक अरविन्द केजलीवालले नै चुनाव हारेका छन् ।
प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डिपी अर्यालले सार्वभौम संसदले पनि रवि लामिछानेमाथि सरकारले साँधेको प्रतिशोधको समर्थन गरेको बताएका छन्।
© 2026 Cloud Patrika. All Rights Reserved.