नेपाल राष्ट्र बैंकले विहीबार सार्वजनिक गरेको चालु आवको मंसिर महिनासम्मको तथ्यांक अनुसार रेमिट्यान्स आप्रवाह गत वर्षको सोही अवधिको तुलनामा ६.८ प्रतिशतले घटेको छ ।
नायव सुब्बाका लागि दरखास्त दिन १७ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ। महिला तथा अपांगता भएका व्यक्तिका हकमा भने ४० वर्ष ननाघेको हुनुपर्नेछ।
डा. कोइरालालाई गंगालाल राष्ट्रिय ह्रदयरोग केन्द्रको संस्थागत विकासमा उल्लेख्य योगदान गरेवापत सो अवार्ड प्रदान गरिएको आयोजकले बताएको छ ।
श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयले आगामी माघ २ गतेदेखि अनलाइनबाट मात्रै पुनः श्रम स्वीकृति काम गर्ने तयारी गरेको छ । यसअघि भौतिक उपस्थित र अनलाइन दुबै तरिकाबाट पुनः श्रम...
व्यवसायिक तथा सीप विकास तालिम प्रतिष्ठानले आठ कक्षा उत्तीर्णलाई निस्शुल्क सीप मूलक तालिमको लागि आवेदन खुलाएको छ । प्रतिष्ठानले पाँच प्रकारका सीपमुलक तालिमका लागि आवेदन माग गरेको हो ।
नेपाली सेनाले स्वीकृत दरबन्दीभित्र रिक्त पदका लागि २९९ जना अधिकृत क्याडेट ‘सेकेन्ड लेफ्टेनेन्ट’ पदमा दरखास्त आह्वान गरेको छ।
यसले कतारमा रहेका लगभग एक हजार रियालभन्दा कम पारिश्रमिक लिएर काम गरिरहेका एक लाखभन्दा बढी नेपालीले लाभ लिनेछन्।
कोरोनाको पछिल्लो ओमिक्रोन भेरियन्टको जोखिम बढेको भन्दै अध्यागमन विभागले विभिन्न ६७ देशबाट आउने यात्रुका लागि सात दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने नियम शुक्रबार सार्वजनिक गरेको थियो ।
विभागका अनुसार ७ दिन होटल क्वारेन्टिन बसिसकेपछि कोरोना परीक्षण गराउनुपर्नेछ । रिपोर्ट नेगेटिभ आए फेरि ७ दिन घरमै क्वारेन्टिन बस्नुपर्नेछ।
राष्ट्रिय बीमा कम्पनीले विभिन्न पदका लागि २४ जना कर्मचारीहरुका माग गरेको छ । कम्पनीले शुक्रवार सूचना प्रकाशन गर्दै व्यवस्थापकदेखि सहायक स्तरको पदमा आवेदन खुलाएको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.